खनदहमा एमाले मालारानी – ३ वार्ड कमिटीको पार्टी कार्यालय पुन:स्थापना, बोर्ड फेरियो (भिडियो, फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहमा नेकपा एमाले वार्ड कमिटीको पार्टी कार्यालय पुन:स्थापना भएको छ ।
पार्टी केन्द्रीय कमिटी सदस्य जिल्ला अध्यक्ष, प्रदेश संसद चेतनारायण आचार्यले बाेर्ड अनावरण गरेर कार्यालय पुन:स्थापना गर्नुभएकाे हो ।
कार्यक्रममा कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य नरेन्द्र कुमार क्षेत्री, एमाले जिल्ला सचिवालय सदस्य जनार्दन खनाल, एमाले जिल्ला सदस्य मालारानी पालिका कमिटी अध्यक्ष सालिकराम आचार्य, एमाले जिल्ला सदस्य तथा मालारानी गाउँ पालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्य, एमाले जिल्ला सदस्य तथा मालारानी गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री, एमाले जिल्ला सदस्य  लील वि . क, एमाले जिल्ला सदस्य रुद्र परियार तथा मालारानी गा.पा.कार्यपालिका सदस्य दीपा पोख्रेल, एमाले जिल्ला सदस्य पुतला खनाल, अनेमसंघ लुम्बिनी प्रदेश सदस्य दीपा आचार्य, महिला नेतृ विमला चौहान लगायतको उपस्थिती रहेको थियो ।