भविन्द घिमिरे
नेपालकाे लामाे कम्युनिष्ट आन्दाेलन, सङ्घष र उताव चडाववाट जन्मेकाे नेकपा अवैध भएपछि अहिले राजनिति सङ्कर्मणकालमा पर्वेश गरेकाे छ ।
नेकपाकाे जन्म त भयाे तर अवैध वच्चा भनिदिए पछि सम्हाल्ने काेहि भएनन । अदालतले याे वच्चा तिम्राे हाेईन भनिदियाे । नेताहरु स्विकार गरे । मेराे हाे भन्ने हिम्मत कसैले गरेनन । नेपालकाे ईतिहासमा कम्युनिष्टहरु वास्तविक कम्युनिष्ट हुन त ? यदि हुन भने वहुदलिय जनवादकाे भरपुर पर्याेग गरेर सफल नै भएकाे नेकपा एमाले स्विकार गर्न किन हिच्किचाईरहेका छन ? किन पुरानाे अाफ्नाे भन्दै पार्टी विउताउन लागि परिरहेका छन ।
यहा कसैले नेकपा काे पिर चिन्ता गरेकाे छैन ।यसकाे मतलव अव नेपालकाे कम्युनिष्ट अान्दाेलनका वारे चिन्ता अव छैन । ऋषि कटेलले मेराे त भने तर उनले पालन पाेषण गरेर हुर्काउलान त पर्श्न उव्जिएकाे छ ? उनका शिद्वान्त के हाेलान म अहिले सम्म वेखवर छु । अध्यान गर्ने छु । के अव एकिकरणकाे लागि अरु नामाकरण गरेर अगाडि वढ्न असम्भव नै हाे त? यदि असम्भव नै हाे भने एकता एकताका लागि थिएन आ- आफ्ना स्वार्थ पुर्तिका लागि थियाे भन्न हामि कुनै सकस मान्नु पर्दैन ।
नेकपा जन्मियाे । खुसि लाग्याे । वहुमतिय सरकार वन्याे धेरै खुसि लाग्याे । देख्दा हट्टा कट्टा नै थियाे । तर मुटु कमजाेर रहेछ । ठुला चुनाैति सग डटेर भिड्न र विकासकाे दाैडमा जित्न खाेज्दा पनि दम वढ्याे । विचैमा राेकियाे । यहि विचमा काेराेना माहामारि पनि आयाे । जन्मजात विरामि वच्चालाई पनि असर पर्छ भनेर निकै सावधानि पुर्वक जाेगायाै । काेराेना खाेप आयाे । सवैलाई वचाउन खाेप लगाउदै थियाै ।
यहि विचमा ठुला ठुला दिर्घकालिन याेजना पनि सुरुवात भएका छन । गाउ गाउमा विकासकाे वजेट पुगेकाे , जताततै वाटाे वनेका , सरचना वनेका, सिचाई याेजना धमाधम वनिरहेका छन । याेजनावद्व विकास नभएका पनि हाेइनन । तर कन्फरटेवल भएन । भाग वन्डा मिलेन । केहि साथिहरु नेतृत्वलाई खुइलाउन लागि परे ।अाखिर घर जलाएर खरानि वनाएर टिकाे लगाएर साधु वन्ने दाैडधुप किन गरिरहेका छन माधव झलनाथ र दाहाल नेताहरुले ?
करिव दुई तिहाईकाे सरकार गठन पछि कार्यकारि जिम्मेवारि समालेका केपि शर्मा ओलीले शान्ति ,विकास ,स्थिरताकाे लागि काम गरिरहेका छन । लाग्थ्याे कि नेपालमा पर्त्रिपक्ष ले पनि सहयाेग नै गरिरहेकाे छ । विराेध गरेकाे छैन । तर आफ्नै घरमा शान्ति भएन जसरि पनि अाेलिलाई सत्तामा निषेध गर्ने हटाउने गुठहरुकाे गठवन्दन वन्याे । आन्दाेलन भयाे । विभिन्न सवैधानिक निकायमा नियुक्ति राेकियाे । विकासमा वाधा पुग्याे । निति निर्माणमा वाधा पुग्याे । दक्ष भन्दा पनि आफ्नाे मान्छे हुनुपर्ने नभए नेतृत्वकाे राजिनामा माग्ने गरि राजनिति घुमिरह्याे ।
ओलीले राजिनामा दिएनन वरु घृणित खेलकाे अन्तकाे लागि जनमतमा जाने भन्दै चुनावकाे मिति सहित ससद विघटन गरिदीए । उनकाे साे कदम अदालतले अस्वैधानिक भनि ससद पुस्थापना गरिदीयाे । अर्काे तर्फ दुई खेमामा रहेका गुठहरु अाफ्नाे पार्टि आधिकारिक भएकाे दावि गरिरहे । तर अदालतले पार्टी अवैध भनिदियाे । अहिले नेताहरु आ – आफ्नाे पुरानाे पार्टी विउताउन लागिरहेका छन । अव फेरि पार्टी नै अवैध वनेपछि साे पार्टीले पाएकाे जनमत वैध हाेला कि नहाेला वहसकाे विषय वनेकाे छ । अनेकाै जटिलता उत्पन्न भएका छन । अव यि सवै जटिलताकाे अन्त का लागि अदालतकाे वाटाे कुर्नु काे कुनै विकल्प छैन । चित्त वुझेपनि नवुझेपनि अधालत नै अव सवै विषयकाे निर्णायक वनेकाे छ ।
लाेकतन्त्रमा राजनितिक जनमत ससद असफल भयाे भने कार्यपालिका र साे पनि सक्षम नभए न्यापालिका ले लाेकतन्त्रकाे रक्षा गर्ने भएकाेले नै शक्ति पृथकिकरणकाे सिद्वान्त अनुरुप चल्ने र लाेकतन्न्त्रकाे रक्षा गर्नु परेकाे छ । अव मानाै अदालतले जनमतलाई पनि अवैध भन्दैन भन्ने कुनै आधार छैन । यदि तेसाे भयाे भने चुनावि सरकार गठन गरि चुनावकाे मिति ताेकेर।ताजा जनमतमा जानुकाे विकल्प छैन । किनकि राजनिति लाई अस्थिर र शुन्यतामा राख्नु देशकाे लागि लाेकतन्त्रका लागि खतरा हाे ।