अर्घाखाँचीमा माओबादी केन्द्रको पार्टी कार्यालय पुन: स्थापना (फोटो सहित)

केशब राज ज्ञवाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रको  जिल्ला पार्टी कार्यालय पुन: स्थापना तथा उद्घाटन  गरिएको छ ।  आज फागुन २८ गते देशभरका जिल्लामा पार्टी कार्यालय उद्घाटन गर्ने केन्द्रिय योजना अनुरुप अर्घाखाँचीमा पनि उद्घाटन गरिएको हो 
नेकपा नाम ऋषि कट्टेललाइ दिने  सर्बोच्च अदालतको  फैसला सगैं कथित नेकपा एकीकरण भगं भएको मानिएको छ । एकीकरण भगं भएपछी स्वत पुर्व अबस्थामा फर्किएको भन्दै देश भर माओबादी केन्द्र र ए. मा. ले. हरुले आ- आफ्नो पार्टी कार्यालय ब्युताउने र स्थापना गर्ने लहर चलेको छ ।
यसै बिच अर्घाखाँचीमा पनि माओबादी केन्द्रका अन्तरगत कार्यकर्ताहरु  उत्साहित देखिएका छन सन्धिखर्कमा उत्साह र उमगं सहित माओबादी केन्द्र को जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको हो ।
पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै माओबादी केन्द्रका जिल्ला सयोंजक ठाकुर कुमार बि. क. किशोरले खड्ग प्रसाद ओलिका कारण   कम्युनिस्ट आन्दोलन क्षतबिक्षत हुन थालेको दावी गरे  । अब माओबादी केन्द्र थप उत्साह र जोशका साथ अगाडि बढ्ने बताउदै नेता किशोरले सहिदहरुको योगदानको कदर गर्न एक मुठी श्वास छउन्जेल लडिरहने बताए ।
उद्घाटन कार्यक्रममा सहिद परिवारका सदस्यहरुलाइ सम्मान गरिएको थियो ।पार्टी  कार्यालय र कार्यकक्षको उद्घाटन माओबादी केन्द्रका जिल्ला सयोंजक ठाकुर कुमार बि. क.ले गरेका थिए ।
सो अबसरमा माओबादी केन्द्रका  कार्यकर्ताहरुले पार्टी कार्यालयमा नाचगान  र अबिर जात्रा  गरि खुशी साटासाट गरेका थिए ।