पाणिनी गाँउपालिकामा पालिका अन्तर वडास्तरिय भलिवल प्रतियोगितात्मक कार्यक्रम शुरु (फोटो फिचर)

डिआरजी सुमन 
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम/व्युरो रिपोर्ट) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिकामा पालिका अन्तर वडास्तरिय भलिवल प्रतियोगितात्मक कार्यक्रम शुरु भएको छ । 
पाणिनी गाँउ कार्यपालिका को कार्यालय देखी वरकारुख खेलमैदान सम्मपन्चेवाजाका साथ मार्चपास गरी एक औपचारिक कार्यक्रम विच औपचारिकरुपमा खेल सुरु गरिएको छ ।
 पाणिनी गाँउ पालिका अध्यक्ष अच्युत गौतम को प्रमुख आथित्यता,उपाध्यक्षलक्ष्मी गौतमको विशिष्ट आथित्यता,पाणिनी गाँउ पालिका प्रमुख प्रशासनिकअधिकृत नेत्र प्रसाद घिमिरेको अध्यक्षतामा सुरु भएको औपचारिक कार्यक्रमकोसंचालनमा पाणिनी गाँउ कार्यपालिकाको कार्यालय का ईन्जीनीयर मोहराज़ पौडेलले गर्नु भएको थियो । 
पाणिनी गाँउ पालिका शिक्षा , युवा तथा खेलकूद शाखा का प्रमुख तेजवहादुरखनालको स्वागत मन्तव्यमा रहेको कार्यक्रम आजदेखी तीन दिन सम्म चल्नेभएको छ । 
अत्यन्त कड़ा प्रतिस्पर्धात्मक खेलमा पाणिनी गाँउ पालिका स्थित आठओटैवडावाट प्रतिनिधित्व रहेको छ । 
पाणिनी गाँउ पालिका अध्यक्ष अच्युत गौतम ले रिवन काटेर उद्घाटन गर्नु भएकोभलिवल खेलको प्रथम चरणमा पाणिनी गाँउ पालिका कर्मचारी मैत्री खेलवाटसुरु गरिएको थियो । 
यस्तै पहिलो सेटमा पाणिनी गाँउ पालिका वडा नं १ पणेना र पाणिनी गाँउपालिका वडा नं ०७ अड्गुरी विच प्रथम चरणमा प्रतिस्पर्धा भएकोमा पाणिनीगाँउ पालिका वडा नं १ पणेना विजयी भएको थियो । आजै दोस्रो सेटमा पाणिनीगाँउ पालिका वडा नं ०३ खिदिम र पाणिनी गाँउ पालिका वडा नं ४ पटौटी मध्येपाणिनी गाँउ पालिका वडा नं ४ पटौटी विजयी भएको छ । 
भोली तेस्रो सेटमा फागुन २९ गते विहान ०७ वजे पाणिनी गाँउ पालिका वडा नं ६धातिवाँग र पाणिनी गाँउ पालिका वडा नं ८ पाली विच प्रतिस्पर्धा हुने पाणिनीगाँउ पालिका शिक्षा,युवा तथा खेलकूद शाखा प्रमुख खनालले जानकारी गराउनुभएको छ । 
पाणिनी गाँउ पालिकाका अध्यक्ष अच्युत गौतमले अर्को वर्ष महिला खेलाडीलाईपनि प्रतिस्पर्धामा सहभागी गराउन पहल गर्नु पर्ने वताउनु भएको छ । पाणिनीगाँउ पालिका उपादक्ष्य लक्ष्मी गौतमले युवाहरुलाई खेलप्रति प्रोत्साहन गर्नकोलागी आवश्यक थप सहयोग गर्ने वताउनु भयो । 
यस्तै पाणिनी गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेलेवजेट विनियोजन नेत्र घिमिरे खेलाडीको हौसलाको लागी वजेट थपवृद्धि गर्न रयस्ता कार्यक्रमलाई निरन्तरता दिन जनप्रतिनिधीलाई पनि अनुरोध गर्नु भएकोथियो ।
पाणिनी गाँउ पालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख खनालले युवालक्षित खेल कार्यकमको लागी आगामी वर्षमा वजेटमा वृद्धि गर्न आवश्यकरहेको वताउनु भएको छ । 
पाणिनी गाँउ पालिका स्थित सवै वडा अध्यक्ष हरु,समाजसेवी,पत्रकार,सुरक्षाकर्मी,स्थानीय खेल प्रेमीहरुको उपस्थितीमा कार्यक्रमसुरु भएको छ । तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु