सन्धिखर्क नगरपालिकामा “कर सहभागीता अभियान” कार्यक्रम सम्पन्न (फोटो सहित)

केशब राज ज्ञवाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा कर सहभागिता अभियान कार्यक्रम सम्पन्न भएको छ । 
सन्धिखर्क नगरपालिकाद्वारा आयोजना गरिएको उक्त कार्यक्रमको एक भब्य समारोहका बीच सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले उद्घाटन गरेका थिए ।
 
नगर उपप्रमुख तथा राजस्व परामर्श समितिका अध्यक्ष ठाकुर कुमार बिकको अध्यक्षता , सन्धिखर्क नगरपालिका राजस्व शाखाका प्रमुख मुक्ति खनालको सन्चालन , नगर प्रबक्ता तथा सन्धिखर्क वार्ड नम्बर ३ का वार्ड अध्यक्ष  लिलाराम गौतम को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सन्धिखर्क   नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद सापकोटा  , उधोग बाणिज्य संघका पुर्व केन्द्रीय सदस्य कृष्ण  प्रसाद श्रेष्ठ , उधोग बाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ , चेम्बर अफ कमर्सका महेन्द्र सेजवाल , करदातासेवा कार्यलय का लक्ष्मीप्रसाद आचार्य , सन्धिखर्क नगरपालिकाका १२ वटा वार्डका अध्यक्ष हरु , कार्यपालिका सदस्य हरु , नगरसभा सदस्य हरु, उधोगि , ब्यापारी , पत्रकार  र कर्मचारीहरुको उपस्थितिमा जिल्ला समन्वय समिती अर्घाखाँचीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम राजस्व प्रमुख मुत्ति खनालकाे सञ्चालन र नगर प्रवत्ता लिलाराम गाैतमकाे स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएकाे थियो । 
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा र करदाता सेवा कार्यालयका प्रमुख लक्ष्मी प्रसाद आचार्यले राजस्व तथा कर सम्बन्धी प्रशिक्षण दिएका थिए।

अन्य समाचारहरु