अर्घाखाँचीमा एमाले निकट किसान महासंघकाे जिल्ला स्तरिय कार्यकर्ता भेला सम्पन्न

शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ  अर्घाखाँचीकाे जिल्ला स्तरिय कार्यकर्ता भेला सम्पन्न भएको छ । 
 
सन्धिखर्कको मदन आश्रीत स्मृती भवन पार्टी कार्यालयमा नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ  अर्घाखाँचीकाे जिल्ला स्तरिय कार्यकर्ता भेलामा अखिल नेपाल किसान महासंघ स्थायी कमिटीका सदस्य कमलराज श्रेष्ठले बैज्ञानिक र क्रान्तिकारी भुमिसुधार कार्यक्रम   लागु गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।   अखिल नेपाल किसान महासंघ जिल्ला स्तरीय कार्यकर्ता भेलाको सन्धिखर्कमा उद्घाटन गर्दै उहाँले वास्तविक कृषकको हातमा जग्गा जमिन नभएको भन्दै भुमिहिन किसानलाई आबस्यकता अनुसारको जग्गा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । 
नेकपा एमालेका नेता समेत रहनु भएका उहाँले वर्गसंघर्ष बाट खारिएर आएको पार्टी नेकपा एमाले लाई कसैले फुटाउन नसक्ने बताउनुभयो । कार्यक्रममा मन्तव्य राख्दै लुम्बिनी प्रदेशका भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री आरती पौडेलले वर्तमान सरकारले किसानको पक्षमा धेरै काम गरेको बताउँदै प्राचीन  र निर्वाहमुखि खेती बाट माथि उठ्न कृषक हरुलाई अग्रह गर्नुभयो । उहाँले व्यवसायीक रुपमा कामगर्ने ईच्छाशक्ति भएका कृषकलाई आबस्यक पर्ने सबै किसिमका सेवा सुविधा उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको भन्दै व्यवसायीक र आधुनिक खेतीको पक्षमा जोड दिनुभयो । 
नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले नेकपा एमाले फुटाउने दिवासप्ना नदेख्न माधव,झलनाथ लाई आग्रह  गर्नुभयो । उहाँले प्रचण्डको ग्राईन डिजाइनमा माधब समूह परिचालित भएको भन्दै बिखण्डनकारी बाट सत्रक रहन कार्यकर्तालाई आग्रह गर्नुभयो । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश कमिटीका संयोजक  खड्क खड्काले मुलुकमा राजनीतिक क्रान्ति सफल भएपनि आर्थिक क्रान्ति बाँकी रहेको भन्दै अबको क्रान्तिको नेतृत्व किसानले गर्ने बताउनु भयो । किसान महासंघ स्थायी कमिटीका सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य जाल्पा भुसालले किसानका सबैखाले समस्या समाधानको लागि वर्तमान सरकार तत्परताका साथ लागेको बताउनुभयो । उहाँले गरिब कृषकलाई धनी र सम्पन्न बनाउने सरकारक‍ो तयारी रहेको दावी समेत गर्नुभयो ।
अखिल नेपाल किसान महासंघ अर्घाखाँचीका संयोजक लक्ष्मण कँडेलको अध्यक्षता र लिला बि.क. को संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका नेता नरेन्द्र कुमार क्षेत्री , जिल्ला सचिव तोजबहादुर रायमाझी ,जिल्ला कार्यालय सदस्य द्वय जनार्दन खनाल ,पिताम्बर भुसाल , सन्धिखर्क नगरकमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,महिला नेतृ ईश्वरा पोख्रेल ,प्रेस चौतारीका प्रदेश संयोजक शोभाखर पन्थी ,पत्रकार महासंघका अध्यक्ष हिम जि.सी. लेकाली,किसान नेताहरू ढुण्डीराज ज्ञवाली ,रुपा प्रदान ,पृतम के.सी.,तुल्सी रायमाझी लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।
भेलाले लक्ष्मण कँडेल संयोजक ,तुल्सी रायमाझी सहसंयोजक र ठाकुर खनाल सचिव रहेको ४ सय ७५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । कार्यक्रममा सयौं कृषकहरूको सहभागीता रहेको थियो ।