सन्धिखर्कमा प्रथम क्लब क्रिकेट लिग टि-ट्वान्टी प्रतियोगिता चैत २० गतेदेखि हुने

केशब राज ज्ञवाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला क्रिकेट संघ अर्घाखाँचीकाे आयाेजनामा हुने प्रथम क्लब क्रिकेट लिग टि-ट्वान्टी  प्रतियोगिता यहि चैत महिनाकाे २० गते शुक्रबारदेखि शुरू हुने भएको छ।
यस प्रतियोगितामा जिल्ला क्रिकेट संघमा आधाकारिक रूपमा दर्ता हुन आएका जिल्ला भित्रका १२ वटा क्लबहरू बिचमा प्रतिस्पर्धा हुनेछ । याे प्रतियोगितामा बागमारा सामुदायिक क्लब , यु . ए.सि. सि अर्घा , राेयल आपखाेला पकले क्रिकेट क्लब , इलाभेन ब्रदर्श डिभर्ना , शिद्देश्वर चुत्रावेशि क्रिकेट क्लब , वसन्त युवा क्लब , सगरमाथा क्रिकेट क्लब , एन. सि. सि पान्डाडा , सिम्रिक क्रिकेट क्लब , मालारानि क्रिकेट क्लब र छत्रदेव वारियर्स गरेर १२ वटा क्लबहरूले सहभागिता जनाउने छन् ।
 
यी १२ वटा क्लबहरूलाइ ४ समुहमा बिभाजन गरिने छ । संघले याे प्रतियोगिताकाे प्रथम पुरस्कार नगद रू ४००००/- मेडल , ट्रफी र प्रमाणपत्र राखेकाे छ भने उपविजेता हुने टिमकाे लागि नगद रू २००००/- साथमा मेडल , ट्रफी र प्रमाणपत्र राखेकाे छ । साथै अायाेजकले अन्य उत्कृष्ट विधाहरूमा पनि नगद , ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गर्ने संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभयो  ।
अध्यक्ष भट्टराईले क्लब दर्ता गराइ प्रतियोगिता गराउनुकाे मुख्य उदेश्य जिल्ला भित्र हुने क्रिकेट गतिविधि र जिल्ला बाहिर हुने जिल्लासंग सम्बन्धित क्रिकेट गतिविधिमा प्रत्यक्ष / अप्रत्यक्ष रूपमा सहभागी हुन , जिल्लामा कुनै क्रिकेट प्रतियोगिता हुदै गर्दा जिल्लाकाे सबै स्थानबाट खेलाडी समेट्न कठिन हुन्छ साथै जिल्ला बाहिर जिल्ला टिम लिएर खेल्न जानू पर्याे भने जिल्लाकाे टिम बनाउन कठिन छ किनकि अहिलेसम्म जिल्लामा स्पस्ट काे कस्ता खेलाडी छन् थाहा छैन , जब क्लब हुन्छ तब क्लबमा आवद्द सबै खेलाडी जिल्ला क्रिकेट संघकाे प्रत्यक्ष निगरानीमा हुन्छन् र ती खेलाडीहरूकाे हरेक प्रफमेन्स थाहा हुन्छ त्यसपछि खेलाडीलाई छनाेट तथा क्याम्प बाेलाउन सकिन्छ ।