किमडाँडाको श्री जनता कृष्ण मावी पकलेमा प्रहरीको लागुऔषध नियन्त्रण, बालविवाह सम्बन्धी प्रशिक्षण सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं.८ किमडाँडाको पकले स्थित श्री जनता कृष्ण माध्यमिक बिद्यालयमा प्रहरीको लागुऔषध नियन्त्रण, बालविवाह तथा आत्महत्या नियन्त्रण सम्बन्धी बिषयमा प्रशिक्षण सम्पन्न भएको छ । 
प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा  “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार किमडाँडाको पकले स्थित श्री जनता कृष्ण माध्यमिक बिद्यालयका कक्षा १० र ११ मा अध्यनरत छात्र/छात्रा तथा शिक्षक/शिक्षिकाहरुको उपस्थितमा प्रहरीको लागुऔषध नियन्त्रण, बालविवाह तथा आत्महत्या नियन्त्रण सम्बन्धी बिषयमा प्रशिक्षण सम्पन्न भएको हो । 
 प्र.स.नि. इश्वरी खनालले लागुऔषध नियन्त्रण, बालविवाह तथा आत्महत्या नियन्त्रण सम्बन्धी बिषयमा प्रशिक्षण दिनु भएको थियो ।