ठाडाको कोप्चेबासमा प्रहरीको दुर्घटना न्युनिकरण सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सुपादेउराली, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ४ ठाडाको कोप्चेबासमा प्रहरीको दुर्घटना न्युनिकरणको लागि ट्राफिक सचेतनामुलक  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आज आईतबार सवारी दुर्घटना न्युनिकरण गरी सहज र सुरक्षित सवारी आवागमन गराउने तथा सर्वसाधारणमा  ट्राफिक जनचेतना अभिबृदी गराई ट्राफिक ब्याबस्थापनलाई प्रभाबकारी र जनमानसमा सु सुचित गराई सर्बसाधारणलाई ट्राफिक शिक्षा प्रदान गर्ने  उदेश्यका साथ शितगंगा नगरपालिका वार्ड नं. ४  कोप्चेबास  स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडा अ. खा को टोलीले  १ पटकमा ३० जना चालक सह चालक र अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी बाट सन्धिखर्क नगरपालिका वार्ड नं. ७  सुपादेउराली स्थित खटिएको  ट्राफिक  टोलिले १ पटकमा  ४० सर्बसाधरण हरुलाई सवारी दुर्घटनाका  कारण बारे जानकारी, सवारी साधनमा यात्रा गर्दा ध्यान दिनु पर्ने सुरक्षाका उपायहरु, सडकमा हिड्दा वा सडक पार गर्दा ध्यान दिनु पर्ने कुराहरु साथै अन्य ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको थियो । 
सोही अवसरमा  ट्राफिक जनचेतनामुलक पर्चा पम्लेट समेत बितरण गरिएको थियो ।