गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला जनगणना समन्वयन समिति अर्घाखाँचीकाे पहिलाे बैठक सम्पन्न भएकाे छ । १२ औ राष्टिय जनगणना अर्घाखाँचीमा पनि सुरू हुने भएकाे हाे ।
भाेलि मंगलवार सन्धिखर्क स्थित विधुत कार्यालय अगाडि रहेकाे घरमा कार्यलय स्थापना गरि काम सुरू गर्ने तयारि गरिएकाे छ ।
पहिलाे प्रमुख जिल्ला अधिकारी विष्णु पाैडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय प्रमुख पिताम्वर शर्मा,प्रहरी नायव उपरीक्षक माधव बुढाथोकी,सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा,जिल्ला समन्वय अधिकारी लक्ष्मि पाण्डे,काेष नियन्त्रणक दिपक अधिकारी प्रमुख अनुसन्धान अधिकृत विनय चतरवुज,शिक्षा ईकाई प्रमुख मणिराम पराजुली,नेपाल पत्रकार महासघका उपाध्यक्ष गणेश खनाल लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
जनगणना समन्वय प्रमुख धर्मबहादुर विसिले जिल्लामा कार्यलय स्थापना गरि काम गरि सुरू गरिएकाे जानकारी दिनुभयाे । निकट भविश्यमा सन्धिखर्क र भुमिकास्थानलाई समट्ने गरि सन्धिखर्कमा,मालारानि र छत्रदेवकाे लागि छत्रगन्जमा,सितगगा नगरपालिका र पाणिनि गाउँपालिकाकाे लागि ठाडामा कार्यलय स्थापना गरि काम गर्ने विसिले बताउनुभयाे ।
३१२ गणक र ७२ सुपरभाइजरले जिल्ला भर काम गर्ने जनाईएकाे छ ।