एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल

काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल भएको छ ।
छलफलमा नेकपा एमालेका अध्यक्ष ओलीसहित सुवास नेम्वाङ ,ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल र प्रदीपकुमार ज्ञवाली  सहभागी हुनुभएको थियो । यस्तै माधव नेपालको तर्फबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल,गोकर्ण बिष्ट, र रघुजी पन्त सहभागी हुनुभएको थियो ।
सर्वोच्च अदालतले नेकपा नामको विवादमा फागुन २३ फैसला गर्दै एकीकृत नेकपाबाट नेकपा एमाले र नेकपा माओबादी केन्द्रमा छुट्ट्याई दिएपछि एमालेमा चर्किएको थप विवादकाबीच आज अध्यक्ष ओली र नेपालबीच भेट भएको हो । रेडियो नेपालमा समाचार छ ।