सन्धिखर्कमा लैङ्गिक समानतामा स्थानीय तहको भूमिका विषयक अन्तर संवाद कार्यक्रम सम्पन्न

अर्घाखाँची डट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तर संवाद कार्यक्रम सम्पन्न भएको  छ । 
सञ्चारिका समूह  लुम्बिनी प्रदेशको समन्वय र  सन्धिखर्क नगरपालिका आयाेजनमा सोमबार सन्धिखर्कमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तर संवाद कार्यक्रम सम्पन्न भएको  हो ।
  
कार्यक्रम सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर कुमार वि.कको अध्यक्षमा सञ्चालन भएको हो । यस्तै प्रमुख अतिथिमा सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, विशिष्ट अतिथिमा सन्धिखर्क नगरपालिकाका प्रशाशकिय अधिकृत कृष्ण सापकोटा, अतिथिहरुमा उपसचिव युगलनारायण वसेल, शाखा अधिकृत मञ्जु खनाल, अ.ने म.संघ केन्द्रिय सदस्य इश्वरा पोख्रेल महिला संघ जिल्ला सचिव हुमा कार्की, .ने.म.संघ कान्तिकारी केन्द्रिय सचिवालय सदस्य छमकुमारी खनाल, अनेमसंघ केन्द्रिय सदस्य कल्पना पोख्रेल, नगर सभा सदस्य आशा परियार कार्यापालिका सदस्य सन्धिखर्क नगरपालिका प्रवक्ता लिलाराम गौतम, सञ्चारीका समुह नेपाल जिल्ला संयोनक अंम्बिका बेल्वासे, नगर  सभा सदस्य ज्यूहरु, पत्रकार ज्यूहरु लगायतको उपस्थिति रहेको हो । 
कार्यक्रममा अंम्रिता अनमोलले प्रशिक्षण दिनुभएको थियो। त्यस्तै  कार्यक्रम पुष्पा भुसालको सञ्चालनमा सम्पन्न भएको हो।

अन्य समाचारहरु