अर्घाखाँचीका नक्कली डाक्टरलाई सघाएको आरोपमा अधिवक्तालाई पनि मुद्दा

काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ८ हंसपुरका नक्कली डाक्टर जितेन्द्र पन्थीमाथि अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अधिवक्ता उषा थपलियालाई पनि पक्राउ गरेको छ । नक्कली कागजपत्रलाई प्रमााणित गरिदिएकोमा थपलियालाई पनि सिआइबीले पक्राउ गरी मुद्दा दायर गरेको हो । 
हंसपुरका जितेन्द्र पन्थी ।

आफू वीर अस्पतालको चिकित्सक भएको भन्दै अर्घाखाँचीका पन्थीले डा‍. कृष्ण रिजाललाई ठगी गरेका थिए । नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता नम्बरको परीक्षाको आवेदनका लागि उनले आफू चिकित्सक भनेर  डा. जितेन्द्र शर्माको एनएमसी नम्बर प्रयोग गरी सिफारिस गरेका थिए । त्यसैलाई प्रमाणित गरिदिएको आधारमा अधिवक्ता थपलियालाई पनि प्रहरीले पक्राउ गरेको हो । 
नक्कली परिचयपत्र तथा छाप बनाउन सघाउने सञ्जीव महर्जन र ज्ञानबहादुर विकलाई समेत सिआइबीले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको छ । पन्थीले न्युरोलोजी एन्ड हर्ट रिसर्च सेन्टर नामको कम्पनी दर्ता गरेरसमेत ठग्ने प्रयास गरेको अनुसन्धानमा खुलेको छ ।