खिल्जीमा २ महिने व्यवसायीक साक्षरता कक्षा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड  नम्वर ६ खिल्जीमा किसान परियोजनाको सहकार्यमा आचार्य एग्रोभेटले गठन गरेका कृषक समुहमा २ महिने व्यवसायीक साक्षरता कक्षा सम्पन्न भएको छ । 
समापन समारोहमा व्यवसायीक साक्षरता कक्षा सञ्चालनमा सहभागी रामकोट कृषक समुह, खबेरी कृषक समुह, डाडाँ गाउँ कृषक समुह र हरियाली महिला कृषक समुहका सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष झविलाल बन्जाडे, किसान परियोजना २ का परियोजना संयोजक विश्व पोख्रेल, आचार्य एग्रोभेटका प्राविधिक शुसिल आचार्य, पुस्पा आचार्य, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम लक्ष्मण नेपालीको सञ्चालनमा सम्पन्न भएको हो । 
आचार्य एग्रोभेटले कार्यक्रम सञ्चालन गरेपछि स्थानीयहरु खुशी भएका छन् ।