सागर महत | दिपक भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पछिल्लो समय अर्घाखाँची जिल्ला अस्पतालले मुहार फेरेको छ । विभिन्न कुराले टिकाटिप्पणी हुने अस्पताल यतिबेला सुधार बिस्तारले भाईरल र चर्चाको सिखरमा पुग्न सफल भएको बिरामीहरु स्थानीयबासीहरु बताउछन् ।
बिरामीको लागि सामान्य आइसियू सेवा पनि नभएको अस्पतालमा आइसियु सेवा विस्तारका लागि भबन निर्माण कार्य दुर्त गतिमा अगाडि बढिरहेको छ । भवन बनेसगै सुबिधा सम्पन्न आईसियु जडान हुने छ । । यसअघि आइसियु सेवा नहुँदा गम्भीर प्रकार बिरामीलाई जिल्ला बाहिर लैजादा बाटोमा ज्यान पनि जाने जोखिम निकै थियोे ।
३२ वर्ष अघि जिल्ला सदरमुकाममा संचालनमा आएको अस्पतालमा आइसियू सेवाका लागि ४३ लाखमा निर्माण कार्य शुरु भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले जानकारी दिनु भयो । अस्पताल सुबिधा सम्पन्न हुन लागेको समाचार देखेपछि यहाँका नागरिकमा खुशीले हर्सित भएका छन् ।
नागरिकहरु भन्छन् अस्पतालमा धेरै सुधार भयो बिरामीले राम्रो सेवा पाएका छन् । यसका लागि अस्पताल बिकास समितिका अध्यक्ष नगरप्रमुख कमल प्रसाद भुसाल र जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम धन्यवादका पात्र हुन् । पहिलो पटक क्षयरोग (टीबी) पत्ता लगाउने जिन ईक्सपर्ट मेसिन जडान गरी परिक्षण शुरु, डेन्टल सेवा, थाइराइट मेसिन जडान, फिजियो थेरापी लगायतका सेवा ब्लड बैँक नभएको अस्पतालले नेपाली सेनाले आवश्यक परेको खण्डमा ब्लड उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि गर्भबती महिलाको अप्रेशन हुन थालेको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनु भयो ।
१५ शय्याबाट बिरामीलाई सेवा दिदै आएको अस्पतालले अप्रेसन गर्नुपर्ने अवस्थाका र अन्य बिरामी गाडी रिर्जव गरेर बुटवल, पाल्पा, काठमाडौ जानुपर्ने बाध्यतलाई अत्य गर्नको लागि अस्पतालबाट थप सेवा विस्तारसँगै भौतिक सेवा पनि विस्तार गदै गएको जिल्लामै गुणस्तरीय उपचार हुन्छ भन्ने विश्वास दिन आफूहरु निरन्तर पहल गरिरहेको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जिकिर गर्नु भयो ।
अस्पतालले चमेनागृह स्थापना, लाइट नहुदाँ विभिन्न सेवा अवरुद्व हुँदै आएको अस्पताले जेनेटर जडान गरी सेवा दिदै आएको छ भने १५ शैयाको अस्पताललाई ५० शैयामा परिणत गर्ने कामका लागि भवन र जन शक्तीको खाचो छ ।
बिरामीहरु भुईमा राखेर उपचार गर्न अस्पतालका डाक्टरहरु बाध्य छन् । बिश्वमा असर पारेको कोरोना रोग नियन्त्रणका लागि अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतम सहितका डाक्टर कर्मचारीहरु दिनरात खटेर काम गरेको भन्दै उनिहरुको सबैले प्रशम्सा गरेका छन् । अस्पतालमा दन्त सेवा नाककान घाँटी रोग उपचार सेवा ईमर्जेन्सी सेवा ओपिडि सेवा चौबीसै घन्टा ल्याब भिडियो एक्सरे सेवा सुचारु छन् ।