बैठक ले दाेश्राे चाैमासिक अवधिकाे समीक्षा गरेकाे छ । बैठकमा वन क्षेत्रका समस्या तिनकाे समाधान ,अवसर र चुनाैति का साथै आगामि कार्य याेजनाका बिषयमा जिल्ला डिभिजनल अधिकृत माेहन प्रसाद श्रेष्ठले प्रकाश पार्नु भएको थियाे ।प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बिष्णु पाैडेलले वन कार्यालयले गरेकाे राम्राे कामकाे प्रशंसा गर्दै बनस्पति बाट समृद्धि हासिल गर्न सबै लाग्नु पर्ने बताउनु भयाे ।
बैठकमा ऐमाले नेता जनार्दन खनाल ,नेकपा माअाेवादी केन्द्र कि नेता छमकुमारि खनाल चिनारि ,राष्ट्रिय जनमाेर्चाका नेता गाेपाल पाैडेल , विवेकशिल साझा पार्टी का सूर्य श्रेष्ठ , सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रामचन्द्र पाेख्रेल ले जिज्ञासाहरू राख्नु भएको थियाे । उहाँहरूले वनमा निरन्तर अनुगमनकाे आवश्यकता भएको ,राष्ट्रिय वन रेखदेखमा कमि भएको ,जडिबुटी खेतिमा जाेड दिनु पर्ने ,अतिक्रमित क्षेत्र संरक्षित गर्नु पर्ने ,बन्यजन्तु बाट हुने नाेक्सानिमा विशेष पहल गरिनु पर्ने ,जस्ता बिषयहरू उठान गर्नु भएको थियाे ।
बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू ,समन्वय अधिकारी ,कृषि ज्ञान केन्द्रका प्रमुख ,जिल्ला स्थित विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू ,गैर सरकारि संस्था महमसंघ ,सामुदायि वन ,वन पैदवार संघ , पत्रकार महासंघ लगायतका संस्थाका प्रमुखहरूकाे उपस्थिति रहेकाे थियाे ।
डिभिजन वन कार्यालयका अधिकृत अरूण कुमार आचार्यकाे सन्चालनमा सम्पन्न बैठकले डिभिजन वन कार्यालय अन्तरगत पाणिनि सवडिभिजन वन कार्यालयकाे मुकाम हाल रहेकाे स्थान बाट सेवा प्रवाह कठिनाइ रहेकाेले पाणिनी सब डिभिजन वन कार्यालय रहेकाे ठाउँ दुर्गाफाँटमा स्थानान्तरण गर्नकाे लागि सिफारिस गर्ने निर्णय गरेकाे छ ।
त्यसै गरि बैठकले जडिबुटि खेती बिस्तारकाे लागि ब्यबस्थित र ब्यवसायिक हिसाबले गर्नका लागि डिभिजन वन कार्यालय लाई निर्देशन गर्ने निर्णय समेत गरेकाे छ ।