अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ग्रामीण भेगमा पछिल्लो समय खेतियोग्य जमिन बाँझो राख्ने क्रम बढ्दै गएको छ ।
सुवर्णखालको मन्द्रेमा ।
जिल्लाका ग्रामीण भेगमा खेतबारीमा काम गर्ने जनशक्तीको अभाव हुदाँ लाखौं मुल्य बराबरको खेतीयोग्य जमिन बाँझौ राख्न थालिएको हो ।
युवामा बैदेशिक मोह बढ्नु, खेतबारीमा काम गर्दा सबैको हेला हेपाइ हुने मानसिकताका कारण खेतबारी बाँझै बस्ने क्रम बढ्दै गएको छ ।
(यो स्पेस विज्ञापनको लागि खाली छ )
खेतबारीमा काम गर्ने युवा जनशक्ति घरबाहिर रहदाँ ज्येष्ठ नागरिक खेतबारीको काम गर्न नसकेपछि जमिन बाँझोहुने क्रम बढेको स्थानियबासीको भनाई छ ।
पोखराथोकको ठूलाखर्कमा जीर्ण बन्दै गरेको घर ।
गाउँमा भएका युवामा समेत जागिर मोहका कारण शहर पलायन भएपछि खेतबारी बाँझो बस्न थालेको र सरकारले घरगाउँमा रहेका युवाशक्तिलाई कृषी पेशामा लगाउन बिभिन्न कृषी अनुदानका कार्यक्रम सार्वजनिक गरेको भए पनि त्यस्ता कार्यक्रमले तल्लो तहका कृषकलाई छुन सकेको छैन् ।
युवा रोजगारका लागि शहर तथा विदेश पलायन भएका कारण गाउँघरका बुढापाका सहारा बिहीन बनेका छन् भने खेतबारी बाँझिने क्रम समेत बढ्दो छ । कृषिमा आधारीत कार्यक्रम तल्लो तहका किसान समक्ष नपुग्दाँ युवा जिबिको चलाउन रोजगारीको खोजीमा पलायन हुने क्रम बढेको सुवर्णखालका हरि भट्टराईको भनाई छ ।
स्थानीय सरकारले युवा लक्षित कार्यक्रम गर्ने भनिए पनि स्थानीय सतरमा कुनैै स्थानीय सरकारले युवा लक्षित कार्यक्रम गर्न नसकेका कारण पनि युवा रोजगारका लागि शहर विदेश पलायन हुन बाध्य रहेका छन् ।
तस्बिरमा भूमिकास्थानको नुवाकोट, पानडाँडा लगायत