पोखराथोकमा पाणिनी गाँउपालिकाको अर्धवार्षिक प्रगती तथा सार्वजनिक सुनवाई सम्पन्न (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
पोखराथोक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नम्बर २ पोखराथोकमा अर्धवार्षिक प्रगती तथा सार्वजनिक सुनवाई सम्पन्न भएको छ । 
पाणिनी गाँउपालिकाको आयोजनामा पोखराथोकमा अर्धवार्षिक प्रगती तथा सार्वजनिक सुनवाई सम्पन्न भएको हो ।
सुनवाई कार्यक्रममा नागरिकका गुनासाको उठान र सम्बोधन गर्ने प्रयास, सर्बदलीय सहभागिता खुल्ला छलफल अनि रचनात्मक सुझाव प्राप्त, पालिकाले सम्बोधन गर्न नसकेको शिक्षक समायोजन नभयर पालिकालाइ आर्थिक शैक्षिक नोक्सानि बेहोर्नु परेको र शिक्षकको वृत्ति बिकास रोकिएको, वार्ड सचिब नभएको, दशैमा बाटो सोर्ने ठेकेदारले राम्रो काम नगरेको बाहेक अरु बिषयमा नागरिक सन्तुष्ट रहेको, पलिकाले आफ्नो क्षमता स्रोत साधन अनुसार दिएको सेवा सन्तोषजनक रहेको सुझाव लगायतका पक्षमा छलफल भएको थियो । 
यस्तै पालिकाले दैनिक खर्च सार्बजनिकरण, योजनाको भुक्तानी ७ दिन भित्र दिनै पर्ने, वार्ड स्तरीय योजनाको वार्डले नै गर्ने गरि अधिकार प्रत्यायोजन जस्ता बिषयमा नागरिकहरुले खुशी ब्यक्त गरेका थिए । 
कार्यक्रममा अध्यक्ष अच्युत गौतम, उपाध्यक्ष लक्ष्मी गौतम, वडाअध्यक्ष नेत्र प्रसाद भट्टराई, प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरे लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु