गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले), अर्घाखाँचीले जनवर्गीय सगठनकाे जिम्मेवारी टुंगाएकाे छ ।
अखिल नेपाल महिला संघकाे ईन्चार्जमा विजुला रायमाझी,सहईन्चाजमा प्रमिला क्षेत्रि,विष्णु आर्चाय, अखिल नेपाल किसान महासंघकाे ईन्चार्जमा रामबहादुर रायमाझी,सहईन्चार्जमा ढुन्डिराज ज्ञवाली, युवा संघ नेपालकाे ईन्चार्जमा खुविराम आर्चाय, सहईन्चार्जमा झविन सुनाम,अनेरास्ववियुकाे ईन्चार्जमा लिलबहादुर विक,सहईन्चार्जमा भरत न्याैपाने,प्रदिप नेपाली, प्रेस चाैतारी नेपालकाे ईन्चार्जमा हिमबहादुर जिसि,सहईन्चार्जमा गणेश खनाल,मुक्ति समाज नेपालकाकाे ईन्चार्जमा लक्ष्मण नेपाली सहईन्जार्जमा शिवकला विक रहनुभएकाे जनाईएकाे छ ।
केन्द्रीय कमिटी सदस्यहरू, जनसंगठनका जिल्ला अध्यक्ष र सचिवहरूसंग संगठन निर्माण, परिचालन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्बाेधन गर्नु हुँदै नेकपा ( एमाले) अर्घाखाँची जिल्ला अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय चेतनारायण आचार्यले गतिशिल सगठन हुने गरि काम गर्ने सगठनका नेताहरूलाई निर्देशन दिनुभयाे ।
कार्यक्रम नेकपा एमाले जिल्ला सचिव ताेजबहादुर रायमाझीले कार्यतालिका अनुसार सगठनमा निर्माण गरि रिर्पाेट जिल्ला कार्यालयमा बुझाउन आग्रह गर्नुभयाे ।
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा एमालेका भ्रातृ जनसंगठनहरूको संगठन निर्माण, परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्कको मदन आश्रीत स्मृती भवन पार्टी कार्यालयमा नेकपा एमालेका भ्रातृ जनसंगठनहरू अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, युवा संघ नेपाल, अनेरास्ववियु, प्रेस चाैतारी नेपाल, मुक्ति समाज नेपालका केन्द्रीय कमिटी सदस्यहरू, पार्टीका ईन्चार्ज, सह ईन्चार्ज, जनसंगठनका जिल्ला अध्यक्ष र सचिवहरूसंग संगठन निर्माण, परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा नेकपा ( एमाले) अर्घाखाँची जिल्ला अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्य लगायतले सम्बाेधन गरेको थियो ।