सन्धिखर्कमा बाँगीको शान्ति माविका आईसीटी विद्यार्थीहरु प्रविधिबारे जानकारी लिदै

गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।    अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्वर ५ बाँगीमा प्राविधिक धारका विद्यार्थीहरूले जिल्लाका स्थानीय तहमा प्रविधिमा भईरहेकाे विकासका बारे स्थलगत जानकारी लिएका छन् । 
सन्धिखर्क नगरपालिका भम्रण गरि स्थानीय तहमा प्रविधिका प्रयाेग तथा यसकाे आवश्यकताका विषयमा जानकारी लिएका छन् । सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले आईसीटी प्रयोग प्रावधिक क्षेत्रमा दक्ष जनशक्ति आवश्यक रहेकाे भन्दै विद्यार्थीलाई दक्ष बनी देशकाे विकासमा लाग्न आग्रह गर्नुभयो ।
 
सन्धिखर्क नगरपालिका आईसीटी अफिसर विशाल महतले स्थानीय तहमा सुचना प्रविधिमा भएकाे विकास र प्रयाेगबारे कार्यपत्र प्रस्तुत गर्नुभयाे ।
 
शान्ति माविका प्रअ मानबहादुर पाण्डेले प्रमुख अतिथि, आईसीटी अफिसरले समय व्यवस्थापन गरि विद्यार्थीलाई ज्ञान र सुचना प्रविधिबारे जानकारी दिएकाेमा धन्यवाद दिनुभएकाे छ । जिल्लाका विभिन्न प्रविधिकाे विकास भईरहेका सस्थाहरूमा विद्यार्थीलाई भम्रण गराईरहेका प्रअ पाण्डेले जानकारी दिनुभयाे । शान्ति मावि बागिमा प्राविधिक धारमा अध्यापन हुँदै आएकाे छ ।

अन्य समाचारहरु