बाँगीको श्री शान्ति मावीका प्राविधिक बिद्यार्थीहरुको शैक्षिक अवलोकन भ्रमण सम्पन्न

जय बहादुर रोकाय
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–५, बाँगी आरुखोर अवस्थित श्री शान्ति माध्यमिक विद्यालयको प्राविधिक धार कम्प्युटर इन्जिनीयरीङ तर्फ कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको छ । 
अवलोकनको क्रममा सन्धीखर्क नगरपालिकाको सुचना प्रविधीको विषयमा आयोजित संक्षिप्त कार्यक्रममा नगरको सुचना प्रविधि अधिकृत विशाल महतले गर्नुभएको थियो । कार्यक्रममा आईटी अफिसर विशाल महतले नगरपालिकामा हुने र भैरहेका गतिविधिहरु कसरी हुने गर्छन भनेर जानकारी गराउनु भएको थियो त्यस्तै आईटी क्षेत्रको महत्व र प्रभावको बारेमा पनी विध्यार्थीहरुलाई जानकारी दिनु भयो। कार्यक्रमको प्रमुख अतिथि सन्धीखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरपालिकाबाट हुने काम हरु कसरी र कस्तो कामहरु हुने गर्दछन भनेर थप जानकारी गराउदै आईटी क्षेत्रको भविष्यमा महत्व र अवसरको बारेमा जानकारी दिनुभयो । 
त्यस्तै कार्यक्रममा अध्यक्ष तथा विद्यालयका प्र.अ मान बहादुर पाण्डेले नगरपालिकाले अवलोकनको लागी समय मिलाई नगरपालिकाबाट हुने विभीन्न गतिविधिहरुको जानकारी गराएकोमा विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्दै कृतज्ञयता ब्यक्त गर्नु भएको थियो ।
सन्धीखर्क नगरपालिकाको अवलोकन कार्यक्रमको सन्चालन विद्यालयका प्राविधिक धार कम्प्यूटर इन्जिनीयरीङ तर्फका संयोजक इन्जिनीयर जीवन खनालले गर्नु भएको थियो ।
त्यस्तै अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ मथुरामा रहेको एग्रो फरेष्ट्री बहुप्रवीधिक शिक्षालयमा पनी अवलोकन गरिएको थियो । एग्रो फरेष्ट्री बहुप्राधिक शिक्षालयका प्रमुख राजु भूसालले शिक्षालय हुने तिन बर्षे वालि विज्ञान र पशु विज्ञानमा हुने शैक्षिक गतिविधिहरुको जानकारी गराउनु भएको थियो । त्यस्तै प्रमुख भुसाल लगाएत अनी प्रशिक्षकहरुले ल्याब, लाइब्रेरी, विज्ञान प्रयोगशालाहरुको विषयमा अवलोकन गराउनुको साथै शिक्षालयको विभिन्न पक्षमा जानकारी गराउनु भयो ।
उक्त शिक्षालयमा विद्यालयका प्र.अ मान बहादुर पाण्डेले शिक्षालयले अवलोकनको लागी महत्वपूर्ण समय मिलाई शिक्षालयमा हुने विभिन्न शैक्षिक गतिविधिहरुको हुने जानकारी गराएकोमा विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्दै कृतज्ञयता ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै आजै विद्यालयमा प्राविधिक धार कम्प्युटर इन्जिनीयरीङमा अध्यनरत विद्यार्थीहरुको बनभोज कार्यक्रम पनी सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यालयमा सहायक प्र.अ माधब प्रसाद पन्थि, शिक्षकहरु धनिराम भुसाल, अशोक पौडेल, बसन्त खड्का, झबिन्द्र खड्का, मुनाल खड्का, प्राविधिक धार कम्प्युटर ईन्जिनियरीङ् तर्फका प्रशिक्षक इन्जीनयर विकास कुँवर सहायक प्रशिक्षक रेशम भुसाल लगाएको उपस्तिथी रहेको विद्यालमा प्रविधीक धार कम्प्युटर इन्जिनीयरीङ तर्फका सहायक पशिक्षक जय बहादुर रोकायले जानकारी दिनुभयो ।