ढाकावाङको पिपलनेटामा हुने सर्वाधिक राशीको प्रथम खुला पुरुष भलिबल प्रतियोगिता तयारी जारी

तिलकराम बन्जाडे
ढाकावाङ,  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं-१ ढाकावाङको पिपलनेटामा हुने जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रथम खुला पुरुष भलिबल  प्रतियोगिताको तयारी जारी रहेको छ ।  

‘सबैका लागि  खेल, स्वास्थ्यका लागि खेल’ भन्ने मूल नाराका साथ पिपलनेटा बजार व्यवस्थापन समितीको आयोजनामा यहि मिति २०७७ साल चैत्र १३, १४ र १५ गते उक्त प्रतियोगिता हुने आयोजक समितिका अध्यक्ष राम बहादुर नेपालीले जानकारी दिनुभएको छ ।
जिल्लाभित्र तथा जिल्ला बाहिरका राष्ट्रिय भलिबल खेलाडि टिमहरूको  सहभागिताको अपेक्षाका साथ सञ्चालन गरिने उक्त प्रतियोगिताको विजेताले जिल्लाकै सर्वाधिक पुरस्कार रू. ५१,०००/- (एकाउन्न हजार ), शिल्ड, मेड्ल र प्रमाणप्रत्र प्राप्त गर्नेछ । साथै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमश: ३१,०००/-(एकतिस हजार) र २१,०००/- (एक्काईस हजार) शिल्ड, मेड्ल र प्रमाणप्रत्रको  व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यस्तै उत्कृष्ट अनुशासित खेलाडी पुरस्कार – ३,५००/- उत्कृष्ट खेलाडी पुरस्कार – ३,५००/- उत्कृष्ट पत्रकार सम्मान – ३,५००/- पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक समितिले बताएको छ ।
आयोजकले खेलाडी टिमहरूलाई यहि चैत्र १० गतेदेखि १३ गते बिहान ११:०० बजे सम्म निम्न मोबाइल नम्बरमा सम्पर्क गरी फोनबाटै अग्रिम टिम दर्ता गर्न समेत आह्वान गरेको छ ।