सन्धिखर्कका सबै वार्डमा १ करोड ८३ लाख खर्च गरिदै, वार्ड अध्यक्षले दैनिक ६७० पाउने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका सबै १२ वार्डका दक्ष जनशक्ति र वार्ड अध्यक्षका लागि शहरी शासकीय क्षमता विकास कार्यक्रम अन्तरगत १ करोड ८३ लाख ८५ हजार १४ रुपैयाँ खर्च गरिने भएको छ । 
शहरी शासकीय क्षमता विकास कार्यक्रम अन्तरगत आर्थिक बर्ष  ०७७/०७८ मा १ करोड ८३ लाख ८५ हजार १४ रुपैयाँलाई १२ वटा वार्डमा दक्ष जनशक्तिलाई दैनिकी रु. ९५० र अध्यक्षलाई रु. ६७० प्रदान गरिने भएको हो । 
सन्धिखर्क नगरपालिकामा बसेको प्रतिनिधिहरुको शुक्रबार बैठकले उक्त रकम पाउने गरि कार्यन्वयन गर्ने निर्यण गरेको छ ।  

अन्य समाचारहरु