अर्घाखाँचीका जिवन रसाइलीले २ करोड ठगेर भागेको पुष्टि, अपाङ्ग बच्चालाई पनि छोडेनन्, पीडितहरु मुद्दा दर्ता गर्दै

अर्घाखाँचीडट्कम संवाददाता
दिल्ली, भारत (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर–११ डिभर्नाको अमिले घर भएका सुपादेउराली ट्राभल्सका पुर्व कर्मचारी जिवन रसाइली भारतको राजधानी दिल्ली लगायत विभिन्न शहरमा रहेका अर्घाखाँचीबासी सहित नेपाली र भारतीय नागरिकलाई २ करोड रुपैयाँ ठगी गरेर दिल्लीबाट फरार भएको खुलेको छ ।
फोटोमा दाँया – बाँया जिवन बहादुर रसाइली र कान्छी श्रीमती कमला पोख्रेल र अन्तिम पटक फेब्रुअरी २४ गते लेखेको म्यासेज ।
सुपादेउराली ट्राभल्सका पुर्व कर्मचारी जिवन बहादुर रसाइली भारतको दिल्ली, देरादुन, हरियाणा करनाल लगायतका  शहरमा बस्ने अर्घाखाँचीबासी सहित, नेपाली तथा भारतीय नागरिकहरुको २ करोड रुपैयाँ बढी पैसा ठगी गरेर फरार भएको खुलेको हो । साथै सबै शहरका पीडितहरुले रसाइली विरुद्द मुद्दा हाल्ने तयारी गरेका छन् ।
रसाइली फेब्रुअरी १४ गतेदेखि आफ्नी श्रीमती कमला पोख्रेल, छोरी अमृता सहित फरार भएका छन् । लामो समय सुपादेउराली ट्राभल्सको कर्मचारी-संचालक रहेका रसाइलीले पछिल्लो समय श्रद्दा टुर एण्ड ट्राभल्स खोलेका थिए ।
रसाइली फरार भएको समाचार आएपछि पीडितहरु हारगुहार गर्न शुरु गरेका छन् । रसाइलीले दिल्लीमा मात्र १ करोड २५ लाख नेपाली रुपैयाँ ठगेको देखिएको छ । जसमा नाम र प्रमाण खुलेका प्रेम कुमार ५ लाख, हरिहर बिन्दु  भट्टराई ९ लाख ५० हजार, तुलारम शर्मा ५ लाख, पुष्पा के.सी ४ लाख, गोपाल पाण्डे ८ लाख, बिष्णु विष्टको ८ लाख हिरा केसीको ५ लाख, मिना र भुमी पोख्रेलको २/२ लाख,  राजु गयल ४० हजार, हरि बहादुर ५० हजार,  राजु ३० हजार, कृष्ण बस्याल ७० हजार, केशब घिमिरे २० हजार लगायत ३ दर्जन पीडितहरु रहेको देखिएको छ । यस्तै दिल्लीमा  लक्ष्मीको १ तोला सुन लगायत अन्यका गहना ठगी गरेको देखिएको ।  पीडित लक्ष्मीको “जिवन बहादुर रसाइलीकी कान्छी श्रीमती गुल्मी जिल्लाको साविक जैसिथोक गाबिस वार्ड नम्बर ४  धुर्कोट माईती घर भएकी कमला पोख्रेलले लिएर गएकी अहिलेसम्म फिर्ता गरेकी छैनन् ।
यस्तै उनले देरादुन, हरियाणा करनाल लगायतका शहरमा अरु ७०, ८० लाख भारु रुपैयाँ  उठाएको अनुमान गरिएको छ ।  

यो स्पेस विज्ञापनको लागि खाली छ– 

अर्घाखाँचीडट्कमले गत २०७७ चैत्र २ गते सोमवार“सुपादेउराली ट्राभल्सका पुर्व संचालक अर्घाखाँचीका जिवन रसाइली करोड ठगी दिल्लीबाट फरार”शिर्षकमा समाचार प्रकासित गरेपछि पीडितहरु डट्कमका संपर्कमा आएका छन् । दर्जनौ पीडितहरुको सापटी दिएको प्रमाण नभएको देखिएको छ । भने ठुलो मुल्यका गहना सापटी मागेर ठगी गरेको पनि फेला परेको छ ।
पीडितहरुले रसाइली फरार भएको भन्दै सामाजिक संजालमा पोस्ट गरेपछि ” रसाइलीले दिल्लीबाट फरार भएपछि पहिलो पटक  अज्ञात ठाउँबाट फेब्रुअरी २४ गते ९८७१२४३२२१ नम्बरबाट आफु केही कामले केही दिनको लागि पन्जाबमा आएको, कमला (आफ्नी श्रीमती) ले जाम भन्दै थिईन्, एक हप्तामा आउन्छौ भनेर फोन गरेनौ, हजुरहरुले त फेसबूकमा फोटा हालेर के के लेख्नुभएको रहेछ धेरै राम्रो काम गर्नुभएछ त, मुनिरका पनि फोन गरे सबै खबर पाए, फोन गर्छु भनेको मन लागेन जो फेसबूकमा लेख्नु भएछ राम्रो गर्नु भएछ हजुरलाई …, भनेर म्यासेज पठाएका थिए ।”
रसाइलीले तस्बिरमा बाँया देखिएका कृष्ण बस्याल र परिवारका अपाङ्ग छोरालाई पनि ठगेका छन् । र फोटोमा जिवन बहादुर रसाइली कान्छी श्रीमती कमला पोख्रेल (दाँया)
उता रसाइलीले अपाङ्ग बच्चाको पैसा समेत ठगी गरेका छन् । कृष्ण बस्यालको अपाङ्ग छोराको ७० हजार रुपैया समेत ठगी गरेको देखिएको छ । गाडी किन्न भनेर उक्त अपाङ्ग बच्चाको खाताको पैसा रसाइलीले लागेका थिए ।
रसाइलीले आफुलाई चिन्ने लगभग सबैसँग पैसा सापटी लिएको, गर-गहना समेत लगेको देखिएको छ । उनले सबै पीडितबाट २० हजारदेखि  १२, १५ लाख रुपैयाँसम्म ठुलो रकम उठाएको देखिन्छ । रसाइलीले पैसा लिनको लागि ति पीडितहरुसँग राम्रो व्यहार गर्ने, खुवाउने, पिलाउने गरी राम्रो सम्बन्ध कायम गर्ने गरेको देखिन्छ । साथै धेरै पीडितहरुसँग शुरुमा सानो रकम २० हजार, ५० हजार, १ लाख सापटी लिने अनी विश्वास जित्न त्यो फिर्ता गर्ने फेरि अली ठुलो रकम लिएर फिर्ता नदिएको देखिएको छ ।
केही पीडितहरुले दिल्लीमा गरेको भेला भिडियोमा ।
यस्तै पीडितहरुले सबै शहरबाट ठगी गरेको आरोपमा स्थानिय प्रहरीमा एफआईआर दर्ज गराउने तयारीमा जुटेका छन् । अर्घाखाँचीमा पनि पीडितहरुले जिवन रसाइली विरुद्द उजुरी दिएमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सहयोग गर्ने बताएको छ । भारतमा भएपनि प्रकाउ गर्न सकिने पनि अर्घाखाँची प्रहरीले बताएको छ । पछिल्लो समय ट्राभल्स एजेन्सीका नाममा ठगी गर्नेहरु बढेको प्रहरीको भनाई छ ।
जिवन रसाइलीले व्यक्ति बाहेक अन्य धेरै संघ- संस्थालाई पनि ठगी गरेको अनुमान गरिएको छ । रसाइलीले वर्षौ अगाडि अर्घाखाँची डट्कममा ५ वर्ष बढी सुपादेउराली ट्राभल्सको विज्ञापन गरे बापत दिनुपर्ने ४ लाख ६० हजार रुपैयाँ समेत उक्त संस्थाबाट उठाए पनि डट्कमलाई नतिरी ठगी गरेका छन्न ।
यस्तै पीडितहरुले सामुहिक रुपमा जिवन रसाइली र उनका परिवारलाई देखेमा जानकारी गराउनेलाई उपहार अफर समेत गरेका छन् । भने रसाइली पन्जाबमा रहेको अन्तिम जानकारी फेब्रुअरी २४ गते गराए अनुसार त्यो क्षेत्रमा नेपाली समुदाय परिचालित भएका छन् । त्यहाँ पनि ठग्न सक्ने भन्दै सचेतना गराइएको छ । यस्तै भारतका सबै राज्यका शहरमा नेपालीहरुले फरार रसाइली र उसको परिवारको बारेमा सुचना- जानकारी, ठग्न सक्ने भन्दै सचेतना  आदानप्रदान गरिरहेका छन् । साथै भारत- नेपाल सिमा क्षेत्र सुनौली र कृष्ण नगरका सिमा प्रहरीलाई रसाइलीको हुलिया सहितको विवरण जानकारी गराइएको बताइएको छ ।