बाँगीको कर्नमारेमा घर गोठमा आगलागी हुँदा ठुलो धनजन क्षति (भिडियो, फोटो फिचर)
चैत्र ७ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको कर्नमारेमा घर गोठमा आगलागी हुँदा ठुलो धनजन क्षति भएको छ ।
गीता भुसाल पन्थीले अर्घाखाँचीडट्कमलाई जानकारी दिए अनुसार बाँगीका खिम बहादुर खत्रीको घर गोठमा आगलागी हुँदा तीन वटा भैंसी, चार वटा बाख्रा मरेका छन् । तीन वटा भैंसी मध्ये एक दुनो भैसी र दुई वटा थोरे भैंसी रहेका छन् ।
केही दिन देखि स्थानिय बनमा लागेको आगो एक्कासी सल्किएपछि घरमा रहेको ८० हजार नगद,झण्डै ८ तोला सुन,खाद्यान्न र अन्य घरायसी सामान समेत जलेर नष्ट हुँदा २५ लाख भन्दा धेरै रकम बराबरको क्षेती भएको अध्यक्ष भुसाले जानकारी दिए । आगोलाई प्रहरी र स्थानीय बासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । गर्मीयाम सुरु भए संगै जिल्लामा आगलागीका घटनाहरु बढ्दै गईरहेका छन ।
बिहान १० बजेदेखि लागेको आगलागी स्थानियबासी र प्रहरीको पहलमा नियन्त्रणमा आएको छ । घर नजिक वनमा लागेको आगो सल्किदै जाँदा घरमा पुगेको थियो ।