सहयोगी बि. सी.
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाको बैठक विभिन्न निर्णय गरि सम्पन्न भएको छ।
शाखाका सभापति कुशल भुसालको अध्यक्षता र केन्द्रिय सदस्य शंभु प्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले नेपाल रेडक्रस सोसाइटीका कार्यहरुलाई ब्यबस्थित गर्न विभिन्न उपसमिति हरुको गठन गरेको छ।
जसमा कुशल भुसाल संयोजक चन्द्र प्रसाद बन्जाडे सह संयोजक तुल्सिराम पौडेल कृष्ण बहादुर अधिकारी शारदा खनाल बि. क . सदस्य रहेको संगठन तथा क्षमता बिकास उपसमिति ,राधा नेपाली संयोजक छमा कार्की सह संयोजक शारदा खनाल बि. क. प्रभा पाण्डे पोखरेल सदस्य रहेको लैंगिक तथा सामाजिक सशक्तिकरण उपसमिति कैलाश कुमार श्रेष्ठ संयोजक कृष्ण बहादुर अधिकारी सह संयोजक हरि प्रसाद दमासे,प्रभा पाण्डे पोखरेल सहयोगी बि. सि. सदस्य रहेको स्वास्थ्य उपसमिति कमल प्रसाद घिमिरे संयोजक बिष्णु प्रसाद पराजुली सह संयोजक नवराज रायमाझी छमा कार्की बुद्धिराम गैरे सदस्य रहेको जुनियर युवा रेडक्रस उपसमिति हरि बहादुर के. सि. संयोजक सहयोगी बि. सि. सह संयोजक हरि प्रसाद दमासे ,बुद्धिराम गैरे,मणि अधिकारी सदस्य रहेको बिपद तथा संकट ब्यबस्थापन उपसमिति तुल्सिराम पौडेल संयोजक नवराज रायमाझी सह संयोजक बुद्धिराम गैरे छमा कार्की सदस्य रहेको आर्थिक श्रोत ब्यबस्थापन उपसमिति चन्द्र प्रसाद बन्जाडे संयोजक हरि प्रसाद दमासे सह संयोजक कृष्ण बहादुर अधिकारी बिष्णु प्रसाद पराजुली सहयोगी बि. सी. सदस्य रहेको रक्त संचार सेवा उपसमितिको गठन गरिएको छ।
उक्त बैठकमा नेपाल रेडक्रस सोसाइटीको प्रस्तावित बिधानको बारेमा प्रमुख अतिथी शंभु प्रसाद पोखरेलले बृष्तित जानाकारी गराउनु भएको थियो।साथै प्रस्तावित बिधानका बारेमा व्यापक छलफल हुनुको साथै जिल्ला समितिले बिधानका बारेमा आफ्नो राय सुझाव समेत पठाउने निर्णय समेत गरेको छ।
साथै यहि चैतको अन्तिम हप्तामा दाङमा हुने नेपाल रेडक्रस सोसाइटी जुनियर युबा राष्ट्रिय गोष्ठीको लागि सहभागी हुन सार्बजनिक मा. बि. छत्रदेब छत्रगंजका शिक्षक नायक र बिद्यार्थी पठाउने निर्णय गरेको छ।