प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ७ चैत । नेपाल ज्योतिष परिषद अर्घाखाँचीको तेस्रो जिल्ला अधिबेशन सन्धिखर्कको शान्ती वगैचामा सम्पन्न भएको छ ।
अधिबेशनको उद्धाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले ज्योतिष विज्ञानको विकासमा सबैले ध्यान दिनु पर्ने बताउनु भयो । ज्योतिष विज्ञान भएको बताउदै ज्योतिष फलमा अधिकांसको विश्वास रहेको बताउनु भएको छ ।
कार्यक्रममा नेपाल ज्योतिष परिषदका केन्द्रीय उपाध्यक्ष तथा सह प्राध्यापक डाकटर अर्जुन भट्टराई, केन्द्रिय सदस्य केशव गौतम, प्रदेश उपाध्यक्ष मेघराज आचार्य, केशव आचार्य, महासचिव ढुण्डीराज ज्ञवाली, हिन्दु धर्म रक्षा परिषदका अध्यक्ष नारायण खनाल, विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष ज्ञानराज न्यौपाने, पाणिनि वेद विद्याश्रमका प्रधनाध्यापक भेषराज चुँदाली, लगायतले मन्तब्य राख्नु भएको थियो ।
उद्धाटन समारोह नेपाल ज्योतिष परिषदका अध्यक्ष मोतिराज शर्माको अध्यक्षता, सचिव विष्णु प्रसाद आचार्यको सञ्चालन र पुण्डरीलाल गैरेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
अधिबेशनले मोतिराज शर्माको अध्यक्षतामा २१ सदस्यीय नँया कार्य समितिको चयन गरेको छ । जस्को उपाध्यक्षमा विष्णु प्रसाद मरासिनी, सुमन्त पोख्रेल, अनन्त घिमिरे , सचिव विष्णु प्रसाद आचार्य, सहसचिव चिरञ्जिवी पौडेल , कोषाध्यक्ष नविन पौडेल, सहकोषाध्यक्ष पुण्डरीलाल गैरे रहेका छन् ।
सदस्यहरुमा कृष्ण पन्थी, पुरुषेत्तम पौडेल, केशवराज चुँदाली, वावुराम मरासिनी, गोपाल पौडेल, नरेश अधिकारी, मेघनाथ आचार्य, गिरीराज खनाल र पदम चुँदाली लगायतका रहेका छन् ।