हिम लेकाली
सन्धिखर्क, अर्घाखाँची । प्रेस चौतारी नेपाल अर्घाखाँचीको छैठौं जिल्ला भेला मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ ।
भेलाले हिम लेकालीकाे संयोजक र सविता आचार्य सह संयोजक रहेको २१ सदस्यीय जिल्ला समिती निर्माण गरेको छ ।
भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले पत्रकार महासंघ व्यावसायिक पत्रकारहरुको साझा संस्था बनाउनु पर्नेमा जोड दिनु भयो । अर्घाखाँची जिल्लाको पत्रकार महासंघको साधारण सदस्यहरुलाई सुदृढीकरण गर्नु पर्नेमा आचार्यले जोड दिनु भयो । उहाँले केपि शर्मा वलिलाई कमजोर बनाउनको लागि प्रचण्डको एजेन्डा बोकेर माधब कुमार नेपालले संगठन बिरोधी काम गर्ने कार्य गरेको भन्दै भ्रमको खेतिमा नलाग्न आग्रह गर्नु भएको छ ।
भेलामा नेकपाका जिल्ला सचीव तोजबहादुर रायमाझी बिधान , कार्यालय सदस्य पिताम्वर भुसाल ,प्रचार बिभाग प्रमुख तिलक मिश्र ,प्रेस चाैतारि नेपालका प्रदेश संयाेजक शाेभाखर पन्थी ,प्रेस चाैतारि नेपालका केन्द्रीय सदस्य गणेश खनाल , नेकपा एमालेका नेता केवि भुसाल ,नेकपा एमाले सन्धिखर्क नगरपालिका सह ईन्चार्ज रामबहादुर रायमाझी ,अनेमसंघ केन्द्रीय सदस्य बिजुला रायमाझि लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियाे ।
भेलाले आसन्न पत्रकार महासंघकाे निर्बाचन लाई मध्य नजर राख्दै विभिन्न संगठन र पत्रकारहरू संग वार्ता र संवाद अगाडि बढाउन र प्रेस चाैतारिकाे तर्फबाट जिल्ला समितिमा उठ्ने उमेदवार छनाैट गर्न ३ सदस्यीय कार्यदल बनाउने निर्णय गरेकाे छ ।कार्य दलमा तिलक मिश्र संयाेजक ,हिम लेकाली र गणेश खनाल सदस्य रहनु भएको छ ।
त्यसै गरि भेलाले ११ बुदे घाेषणा पत्र समेत जारि गरेकाे छ । भेलाले प्रेस चाैतारि नेपाल केन्द्रीय सदस्य तथा प्रदेश संयाेजक शाेभाखर पन्थी , प्रेस चाैतारि नेपालका केन्द्रीय सदस्य गणेश खनाल , हिम लेकाली तथा सामुदायीक रेडियो प्रसार संघका प्रदेश उपाध्यक्ष काेपिला आचार्य लाई सम्मान समेत गरेकाे छ । भेलाकाे सन्चालन प्रेस चाैतारि नेपाल सह संयाेजक सविता आचार्य र स्वागत प्रेस चाैतारिका प्रदेश सदस्य बिष्णुकुमार आलेले गर्नु भएको थियाे ।