सहयोगी बिसी
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको कर्नामारे पाटापुटीका खिम बहादुर खत्रीलाई आज जिल्ला बिपत तथा संकट ब्यबस्थापन जिल्ला प्रशासन कार्यालय र रेडक्रस सोसाइटीले नगद तथा दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरेको छ।
पिडितको घरमा पुगि आगलागी बाट भएको क्षतिको जानाकारी सहित रु २० हजार डसना सिरक तृपाल लगायतका सामान सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले हस्तान्तरण गर्नु भएको थियो।
साथै रेडक्रस जिल्ला शाखा अर्घाखाँचीको तर्फबाट भाँडाकुँडा लत्ताकपडा त्रिपाल लगायत दैनिक प्रयोगको निम्ति आबश्यक सम्पुर्ण सामान हरु सहयोगी बि. सि. ले हस्तान्तरण गर्नु भएको थियो।
हिजो दिउँसो १२ बजे तिर घर नजिकै रहेको सामुदायिक बनबाट एक्कासि आएको आगोले कर्कट पाताले छाएको घर ,गोठ पसल सहित घरमा भएको सम्पुर्ण नगद जिन्सी अन्नपात जलेर नस्ट हुनुको साथै ७ वटा चौपाया सहित २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीको घटनाको जानाकारी सहितइलाका प्रहरी कार्यालय खन बाट गएको जनपद प्रहरी शशस्त्र प्रहरी सहित स्थानीयबासी हरुले आगो निभाउने प्रयास गरेका थिए।साथै उक्त घरका सरसामान जोगाउन अनेकौं प्रयन्न संग संगै नजिक रहेका अन्य घरबस्ती हरुलाई भने जोगाउन सफल भएको वडा अध्यक्ष शोभाकर भुसालले बताउनु भयो।
घटनापछि प्रदेश सभा सांसद चेत नारायण आचार्य मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य एमाले नेताहरु नरेन्द्र कुमार क्षेत्री ,पिताम्बर भुसाल सहित सयौं शुभचिन्तकहरु चिन्ता र चासो सहित पिडित परिबारहरुलाई सहयोग गर्न र सान्त्वना दिन उक्त स्थानमा पुग्नु भएको थियो।
पीडित परिबारलाई थोरै भएपनी राहत होस भन्ने हेतुले आर्थिक संकलन गरि राहत दिने सोंच बनाइएको वडा अध्यक्ष शोभाकर भुसालले बताउनु भएको छ।
साथै स्वतह स्फुर्त रूपमा रु २५ हजार संकलन भैसकेको र सहयोग गर्न इच्छुक ब्यक्ति संस्था हरुलाई आफू सक्दो सहयोग गर्न अध्यक्षले आव्हान समेत गर्नु भएको छ।
साथै यसपटक असौज देखि पानी नपरेकोले आगलागी हुने सम्भाबित स्थानलाई ध्यानमा राखी सतर्कता अपनाउन समेत सबैलाई अनुरोध गरिएको छ।