गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लुम्बिनी प्रदेश सभा सदस्य रामजि प्रसाद घिमिरेले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वाड नम्वर १ बृति चिफ्लेकाे सुक्मि पचासे सिचाई याेजनाकाे आज एक समारोहबीच सिलन्यास गर्नुभएकाे हाे ।
२६ हेक्टर जग्गामा सिचाइ पुग्ने याेजना सम्पन्न गर्नका लागि प्रदेश सरकारबाट १ कराेड ८३ लाख २६ हजार रकम विनियोजन गरिएकाे जनाईएकाे छ । सिचाई याेजना असार मसान्तसम्म सम्पन्न गरि सम्झाैता भएकाे छ ।
कार्यक्रममा बाेल्दै घिमिरेले बृतिमै सञ्चालनमा रहेकाे स्मार्ट कृषिलाई टेवा पुयाउने उदेश्यले सिचाई याेजना ल्याईएकाे बताउदै सन्धिखर्कलाई तरकारी समेत आत्म निर्भर बनाउने गरि अगाडि बढिएकाे बताउनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष प्रेम भुसालले सिचाई याेजनाले आफुहरूलाई ठुलाे टेवा दिने बताउनुभयाे ।