सन्धिखर्कमा स्वास्थ्यकर्मीहरुका लागि खोप सम्बन्धी आधारभुत तालिम शुरु

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिकामा स्वास्थ्यकर्मीहरुका लागि खोप सम्बन्धि आधारभुत तालिम आज देखि शुरु भएको छ । 
आज देखि ५ दिन सम्म सञ्चालन हुने तालिमको एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले उद्धाटन गर्नु भएको छ । तालिममा नगरपालिका भित्र रहेका स्वाथ्यकर्मीहरुको सहभागिता रहेको छ । 
नगर प्रमुख कमल प्रसाद भुसालले खोपले मानिसहरुलाई स्वस्थ बनाउने भएकाले कोहि पनि नागरिक खोपबाट बञ्चित नहुने गरी काम गर्न स्वास्थ्यकर्मी हरुलाई आग्रह गर्नु भयो । 
नगर उप प्रमुख ठाकुर कुमार बिकले पुर्ण खोपयुक्त नगरपालिका घोषणा भैसकेको सन्धिखर्क नगरपालिकालाई स्वस्थ नगरपालिका घोषणा गर्न सबै लाग्नु पर्ने बताए । कार्यक्रममा शाखा अधिकृत मञ्जु खनाल लगायतले मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रम स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीको सञ्चालन र धर्म पन्थीको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु