अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका औद्योगिक ग्रामीण पूर्वाधार विकासका लागि स्वीकृत भएको छ ।
उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबार काठमाडौंले सन्धिखर्क नगरपालिका औद्योगिक ग्रामीण पूर्वाधार विकासका लागि स्वीकृत गरेको हो ।
योसँगै सन्धिखर्क नगरपालिकाले पूर्वाधार बाहेक अध्ययन अनुसन्धान र प्रशासनिक विविध खर्च गर्न नपाउने गरी ९२ लाख पाउने भएको छ । अर्घाखाँचीडट्कम