गणेश खनाल
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको कर्नामारे पाटापुटीका खिमबहादुर खत्रीको घरमा हिजो चैत्र ७गते दिउँसो अकस्मात आगलागी हुँदा घर,बस्तुभाउ,भित्रको जिन्सी र नगद गरी करीब ६०लाखको सम्पत्ति नोक्सान भयाे ।
दु:ख परेकाे बेला हामी साथमा छाै भन्दै अवस्था बुझ्न तथा आवश्यक सहयाेग कसरी गर्न सक्छ भनी स्थलगत अनुगमन र भेटघाट गर्न लुम्बिनी प्रदेश सदस्य चेतनारायण आचार्य,नेकपा एमाले नेता नरेन्द्र कुमार क्षत्री,नेकपा एमाले जिल्ला कार्यलय सदस्य पिताम्वर भुसाल,नेकपा एमाले प्रचार विभाग प्रमुख तिलक मिश्र पुग्नुभएकाे छ ।
यथासिघ्र क्षतिको क्षतिपूर्ति र सहयोगको निमति पहल गर्ने प्रतिवद्वता समेत जाहेर गर्नुभएकाे थियाे । जनताकाे दु:खद अवस्था देखेर आफु मर्माहत भएकाे आर्चायले जानकारी दिनुभयाे ।