घनु गाहा
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ९ सिद्धाराको सिलिङखाेलामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्वास्थय कार्यालय अर्घाखाँची, शितगंगा नगरपालिका र शितगंगा पोलिक्लिनिकको संयुक्त आयोजनामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
सिलिङखाेला शहरी स्वास्थ्य केन्द्रमा विकट क्षेत्रका नागरिकहरु लाई लक्षित गरि एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।
शिविरमा स्वास्थय कार्यालय अर्घाखाँचीका खोप अधिकृत राम प्रसाद गौतम, डक्टर विराट खनाल, ल्याब प्रमुख गणेश पाण्डे, डक्टर विवस मण्डल लगाएतले संयुक्त रूपमा स्थानियबासीहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।
विकट क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुलाई लक्षित गरि निशुल्क VIA पाठेघरको मुखको क्यान्सर तथा पाठेघर खसेका महिलाहरूको उपचार, क्षयरोग माइक्रोस्कोपी जाँच, कुष्ठरोगको जाँच, किड्नीको जाँच, सुगर जाँच, सामान्य चिकित्सकिय सेवा, ओषधी वितरण परिवार नियोजन (कन्डम, पिल्स, डिपो, इम्पलान्ट, आयुसिडी) लगाएतका सेवाहरु शिविरमा प्रदान गरेको छ ।
स्वास्थ्य शिविरबाट ८६ भन्दा बढी सर्वसाधारण लाभान्वित भएका सिलिङखाेला शहरी स्वास्थ्य केन्द्रका प्रमुख नेत्र सापकाेटाले बताए ।
निशुल्क स्वास्थ्य शिविरमा शितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारी, नगर उपप्रमुख टिका रेश्मी, वडा अध्यक्ष भिम केसी, कार्यपालिका सदस्य विष्णु परियार, वडाका प्रतिनिधी, नेपाल मगर संघ शितगंगाका नगर अध्यक्ष मान बहादुर सारू, लगाएतको उपस्थिति रहेको थियो ।