सन्धिखर्कमा फोहोर वर्गीकरण तथा कर सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

केशब राज ज्ञवाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क  नगरपालिकामा फोहोर वर्गीकरण तथा कर सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाललले आफुले गरेको फोहोर आफै ब्यबस्थापन गर्नुपर्ने बताउनुभयो । वहाले सबै सचेत र सजग भएर सफा र सुन्दर  नगर बनाउने तर्फ लाग्न अनुरोध गर्नुभयो । अन्तरक्रिया कार्यक्रमको उदेस्य र औचित्य प्रकाश पार्दै सन्धिखर्क नगरपालिकाका प्रमुख  प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले फोहोर बाट मोहर बनाउने तर्फ सबै सचेत हुन आबस्यक रहेको बताउनुभयो । वहाले सम्पुर्ण ब्याबसायिले ब्याबसाय संचालन गर्दा अरुलाइ असर नहोस भन्ने तर्फ पनि सचेत रहन अनुरोध गर्नुभयो ।
कार्यक्रममा सहभागिहरुले सन्धिखर्क चुत्राबेसी बजारको फोहोर चुनौति र समाधानका उपायहरु चर्चा गरेका थिए । 
कार्यक्रममा बिषय बिज्ञका रुपमा सहजीकरण गर्दै सिआइएडिएसका संचालक हेमराज भुसालले बिशेष प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल , नगर उप प्रमुख ठाकुर बि . क . , प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा ,  वार्ड नम्बर १,२,१०  वार्डका अध्यक्ष हरु , विभिन्न सामाजिक संघ संस्था , उद्योग बाणिज्य संघका प्रतिनिधि , होटेल ब्यबसायि , पत्रकारहरु  लगायतको उपस्थिती थियो ।

अन्य समाचारहरु