माधव खनाल
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सामाजिक तथा सरसफाई अभियान्ता, नेकपा एमालेका युवा नेता प्रेमनारायण गैरेले आफ्नो जन्मदिनको अवसरमा अर्घाखाँचीको जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८ नुवाकोटको चिउरामाटीमा रहेको श्री यशोधरा आधारभुत विद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।
गैरेले आफ्नो जन्मदिनको अवसरमा कक्षा १ देखि ८ सम्मका सम्पुर्ण छात्र तथा छात्राहरूलाई एक कार्यक्रमका बीच शैक्षिक सामाग्री का साथै दिवा खाजा ल्याउन टिफिन तथा पानी ल्याउनको लागि बोतल हस्तान्तरण गर्नुभएको छ ।
शैक्षिक सामाग्री हस्तान्तरण गर्दै जन्मदिन मनाउने भन्दै फजुल खर्चमा प्रतिस्पर्धा गरि मनाउनु भन्दा त्यो फजुल खर्च सामाजिक अर्थात शैक्षिक क्षेत्रमा प्रयोग गर्दा राम्रो हुने बताउनु भएको थियो ।
उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा भुमिकास्थान नगरपालिकाका शिक्षा शाखा प्रमुख तुबलाल सापकोटा तथा विद्यालयका सम्पुर्ण शिक्षकहरुले शुभकामना दिनुभएको शिक्षक इन्द्रमणी भुसालले बताउनुभयो ।
नुवाकोटको च्युरामाटी निवासी हाल सन्धिखर्क बस्दै आउनुभएका गैरे नेपाल कम्युनिस्ट पार्टी एमालेका युवानेता तथा विभिन्न संघ संस्थामा आबद् हुनुहुन्छ ।