अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको उद्घाटन भएको छ ।
कार्यक्रम सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक कार्यपालिका सदस्य बसन्ता केसी नगरपालिकाका अधिकृत छैटौं जिबनारायण आचार्य, नगरसभा सदस्य बिस्नु प्रसाद भुसाल वार्ड सचिब बेलकुमारी परियार लगायतका कर्मचारी जनप्रतिनिधिहरु स्थानिय महिला उधमीहरुको सहभागीतामा कार्यक्रम शुरु गरिएको हो ।
कार्यक्रम वार्ड अध्यक्ष पृर्तम थापाको अध्यक्षतामा शुरु भएको थियो ।