अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल प्रेस युनियन अर्घाखाँचीले नेपाली कांग्रेसका नेता तथा पुर्व अर्थमन्त्री डाक्टर रामशरण महतसँग पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।
पत्रकार सम्मेलनमा कांग्रेसका नेता रेवती प्रसाद भुसाल, पुर्ब सभापति कमल प्रसाद भुसाल, उपसभापती शान्ता भण्डारी सहितका नेताहरु पत्रकारहरुकाे सहभागिता रहेकाे थियो ।
उक्त कार्यक्रम नेपाल प्रेस युनियनका जिल्ला उपसभापति पत्रकार सरिता भुसालको अध्यक्षता सचिब बिस्नु खनालको सन्चालनमा सम्पन्न भएकाे हाे।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले तत्काल अर्को सरकार बन्ने सम्भावना नरहेको बताएका छन । डा.महतले नेकपा फुटेपनि माओबादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोले तत्काल अर्को सरकार बन्ने सम्भावना नरहेको बताएका हुन । मंगलवार साँझ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा नेपाल प्रेस युनियन अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले यस्तो बताएका हुन । महतले सरकार कस्को बन्ने भन्ने बिषयमा अहिलेनै केहि भन्न नसकिने बताउदै सरकार गठनको बारेमा नेपाली काँग्रेसलाई जोडी धेरै कुराहरु आएका भन्दै आबश्यक परे काँग्रेस सरकार बनाउन पनि तयार हुनुपर्नेमा जोड दिए ।
पुर्ब मन्त्री समेत रहेका डा. महतले काँग्रेस बिधिको साशनमा चल्ने पार्टी भएकोले केपि ओलीले घोषणा गरेको मध्यावधि निर्वाचनको आफुहरुले बिरोध गरेको स्मरण समेत गराएका थिए । उनले देशको राजनितिक बिकास नेपाली काँग्रेसको नेतृत्वमा भएको भन्दै कम्युनिष्ठहरुको दर्शन संसारबाट लोप हुन थालेको ठोकुवा समेत गरे ।