एमालेको नेपाल पक्षले ओलीलाई समेत प्रश्न गर्दै स्पष्टीकरण बुझाउने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले संस्थापन पक्षले सोधेको स्पष्टीकरणको जवाफ समयसीमाभित्रै दिने भएको छ ।
महासचिवले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज सकिँदैछ । नेपाल समूहले अध्यक्ष केपी ओलीलाई समेत प्रश्न सोधेर जवाफ दिने तयारी गरिरहेको छ । स्पष्टीकरणबारे निर्णय लिन नेपाल पक्षका नेताहरू छलफलमा जुटेका छन् ।
एमाले महासचिव ईश्वर पोखरेलले गत सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई छुट्टाछुट्टै स्पष्टीकरण पत्र थमाउनु भएको थियो ।
स्पष्टीकरण पत्रमा नेताहरुले पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेकाले कारवाही किन नगर्ने ? भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको थियो ।
गत चैत ७ गते बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सो बैठकमा माधव पक्षका नेताहरू सहभागी थिएनन् । इमेज च्यानलमा समाचार छ ।