अर्घाखाँचीमा कांग्रेसको अगुवा कार्यकर्ता भेला सम्पन्न | कांग्रेस प्रचार भन्दा काममा जोड दिने पार्टी हो: डा. महत (फोटो फिचर)

केशब राज ज्ञवाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  नेपाली कांग्रेसका नेता तथा पुर्वा अर्थमन्त्री डाक्टर रामशरण महतले काङ्ग्रेस काम र बिकासमा ध्यान दिने पार्टी हो भनेका छन । 
नेपाली काङ्ग्रेस प्रदेश क को आयोजनामा भएको अगुवा कार्यकर्ता भेला संबोधन गर्न अर्घाखाँचीमा आएका महतले भेला संबोधन गर्दै यस्तो भनेका हुन ।अर्थ बिज्ञ समेत रहेका महतले अर्थतन्त्र सुधारिएको बाटो तर्फ गएको तर कम्युनिस्टहरुको भ्रष्ट शाशनका कारण देशले ठूलो  ऋणको भार बोकेको दावी गरे । 
काङ्ग्रेसले अबलम्बन गरेको नीति संसारकै उत्कृष्ट भएको दावी गर्दै उनले हालका दिनमा देशका सम्पुर्ण पार्टिहरुले घुमिफिरी काङ्ग्रेसको नीति अबलम्बन गरेको बताए । उनले देशमा भए गरेका बिकास र प्रगतिमा काङ्ग्रेसको योगदान भएको दावी गर्दै काङ्ग्रेस पार्टी प्रचार प्रसार भन्दा काममा बढी ध्यान दिएर लाग्ने पार्टी भएको बताए ।
नेता महतले बहु चर्चित सामाजिक सुरक्षा भत्ता नेपाली काङ्ग्रेसको योजना रहेको तर भ्रम पुर्ण प्रचार प्रसार एमालेको नाममा बढी भएको तर्फ चिन्ता ब्यक्त गरे ।नेपाली काङ्ग्रेस पार्टी बिधि र पद्दतिमा चल्ने पार्टी हो भन्दै उनले ओलि सरकारका असंबैधानिक कामहरुको बिरोध गरे ।
भेलालाइ सम्बोधन गर्दै काङ्ग्रेस नेतृ पुष्पा भुसालले ओलि तानासाह भएको दावी गरिन ।
यस्तै पुर्व मन्त्री रेवती प्रसाद भुसालले ओलि अबसरबादी हुन भन्दै  होलि वाइन पिउने मान्छे धर्मबादी र रास्ट्रबादी हुनै सक्दैन अबसरबादी हो भन्ने  दाबी गरे । 
नेपाली काङ्ग्रेसका जिल्ला सभापती बिष्णु मुस्कानले काङ्ग्रेस अर्घाखाँची देशमा र पार्टीमा अफ्ठ्यारो परेको बेला खम्बा बनेको उदाहरण छ भन्दै आगामी दिनहरुमा पनि नमुना बन्ने उद्घोष गरे ।
नेपाली काङ्ग्रेस  प्रदेश न १ (क) का क्षेत्रीय सभापति केशवराज कुंवरको सभापतित्वमा भएको कार्यक्रममा  प्रमुख अथिती डाक्टर रामशरण महत बिशिस्ट अथिती केन्द्रिय सदस्य पुष्पा भुसाल , पुर्व मन्त्री रेवति प्रसाद भुसाल काङ्ग्रेस जिल्ला सभापति बिष्णु प्रसाद मुस्कान , काङ्ग्रेस पुर्व जिल्ला  सभापतीहरु  पिताम्बर भुसाल  र  कमल प्रसाद भुसाल , उप सभापती शान्ता भन्डारी , पार्टी  सचिब छबिलाल पौडेल लगायत महासमिती सदस्य हरु , क्षेत्रीय प्रतिनिधिहरु लगायतको उपस्थिती थियो । भने भेलाको संचालन तारा प्रसाद फुल्लेलले गरेका थिए ।