मैदानमा “गर्भवती महिला पोषण कार्यक्रम” को सुरुवात (फोटो सहित)
चैत्र ११ गते, २०७७ मा प्रकाशित
डिआरजी सुमन
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम/व्युरो रिपोर्ट) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं ५ मैदानको आयोजना र लुम्बिनी सामाजिक विकास केन्द्रको सह आयोजनामापाणिनी गाँउ पालिका वार्ड नं ५ मा स्थित स्वास्थ्य चौकीमा पाणिनी गाँउपालिका वार्ड नं ५ मा रहेका हजार दिने महिलाको पोषणकोसामग्री अण्डा वितरण गरि एक औपचारिक कार्यक्रमको सुरुवात गरिएको छ ।
पाणिनी गाँउ पालिका उपाध्यक्ष लक्ष्मी गौतम,प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरे,पाणिनी गाँउ पालिका स्वास्थ्य शाखा प्रमुखशेषकान्त घिमिरे,पाणिनी गाँउ पालिका वडा नं ५ का वडा अध्यक्ष जीवलाल घिमिरे, पाणिनी गाँउ पालिका वडा नं ५ का वडा सचिवरवीन्द्र न्यौपाने, पाणिनी गाँउ पालिका वडा नं ५ स्थित सामाजसेवी व्याक्तित्व शालिकराम घिमिरे, ईन्द्रमणी घिमिरे, वुद्धीजीसी, जीवनारायण कोईराला, महिला स्यामसेवीका, स्वतन्त्र पत्रकार डिआरजी सुमन लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ।
पाणिनी गाँउ पालिका उपाध्यक्ष लक्ष्मी गौतम द्वारा व्यानर पढेर उद्घाटन गरिएको कार्यक्रम वडा सचिव रवीन्द्र न्यौपानेको स्वागत मन्तव्य , पाणिनी गाँउ पालिका वडा नं ५ स्वास्थ्य चौकी प्रमुख जगदीश घिमिरेको संचालनमा सम्पन्न भएको हो ।
पाणिनी गाँउ पालिका स्वास्थ्यशाखा प्रमुख शेषकान्त घिमिरेले यों कार्यक्रम मैदान वाट सुरु भएको वताउदै यस कार्यक्रमलाई पाणिनी गाँउ पालिका भर संचालन गर्ने वताउनु भएको छ ।
यस्तै लुम्बिनी सामाजिक विकास केन्द्रका फ़िल्ड संयोजक हरी पौडेलले गर्भवती महिला को लागी आवश्यकपौष्टिक आहारको वारेमा वताउनु भएको थियो । पाणिनी गाँउ पालिका वडा नं ५ को स्वास्थ्य चौकीमा सम्पन्न भएको कार्यक्रममा हज़ारदिने गर्भवती महिलालाई अण्डा वितरण गरीएको छ ।