अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका वार्ड नं ७ हंसपुरको बामरुकमा रहेको श्री नरसिंहस्थान मन्दिरमा फागु पर्वको अवसरमा हाेली महाेत्सव हुने भएको छ ।
हंसपुरको बामरुकमा रहेको श्री नरसिंहस्थान मन्दिरमा श्री नरसिंहस्थानमा फागु पर्वको अवसरमा चैत १४ गते साँझ चीरदाह तथा १५ गते पूर्णिमाका दिन नरसिंह मन्दिरबाट शुरु गरी नुन्थला खेलमैदानमा पाैराणिक गीत, भजन कीर्तन, नाचगान सहित हाेली महाेत्सव मनाइने भएको हो ।
ईश्वर भक्ति गरेकाे भनी हिरण्यकश्यप राक्षसले आफ्नाे छाेरा भक्त प्रल्हादलाई मार्न गरेका अनेक प्रयास अन्तर्गत आगाेले नजल्ने वरदान पाएकी आफ्नी बहिनी हाेलीका मार्फत प्रल्हादलाई आगाेमा जलाई मार्न खाेज्दा प्रल्हादलाई केही नभएकाे तर हाेलीका जलेर भस्म भएकाे पाैराणिक कथा अनुसार श्री नरसिंहस्थान मन्दिरमा हाेली महाेत्सव २०७७ महाेत्सव हुने भएको छ ।
साथै कार्यक्रम सामाजिक दुरी कायम गरी हुनेछ । साथै कार्यक्रम त्ययारी भईरहेको छ ।