कमल क्षेत्री / अर्घाखाँचीडट्कम संवाददाता
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको करचुलीमा सुपा देउराली मन्दिर निर्माण हुने भएको छ ।
सिमलपानीको करचुलीमा वार्ड कार्यालयको २० हजार रुपैया र समाजसेवी कमल पाण्डेबाट ५ हजार रुपैयाको सहयोगमा सुपा देउराली मन्दिर निर्माण हुने भएको हो ।
साथै मन्दिर निर्माणमा स्थानिय करचुलीबासीले श्रम दान गरेका छन् ।