टेकराज भुसाल
ढाकावाङ, (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं-१ ढाकावाङको पिपलनेटामा चैत १३ गते ढाकावाङ्गमा हुन लागेको खुल्ला भलिबल प्रतियोगितालाई अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी थापा र भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन्।
चैत १३,१४ र १५ गते हुने उक्त प्रतियोगितालाई सभ्य, अनुशासित एवम् विवाद रहित बनाउनका लागि राष्ट्रिय रेफ्रि चित्रा गुरुङ र खुम गाउले ढाकावाङ्ग आउन लागेकाे समेत आयोजकले जनाएको छ।
जिल्लाभित्र तथा जिल्ला बाहिरका राष्ट्रिय भलिबल खेलाडि टिमहरूको सहभागिताको अपेक्षाका साथ सञ्चालन गरिने उक्त प्रतियोगिताको विजेताले जिल्लाकै सर्वाधिक पुरस्कार रू. ५१,०००/- (एकाउन्न हजार ), शिल्ड, मेड्ल र प्रमाणप्रत्र प्राप्त गर्नेछ । साथै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमश: ३१,०००/-(एकतिस हजार) र २१,०००/- (एक्काईस हजार) शिल्ड, मेड्ल र प्रमाणप्रत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।