ठाडाको चक्लादेखि पथ्थरकाेट क्षेत्रका जंगलहरुमा भीषण आगलागी
चैत्र ११ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
चक्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. १२ ठाडाको चक्लाका विभिन्न जंगलहरुमा भीषण आगलागी भएको छ ।
ठाडाको चक्ला क्षेत्रका रानीकुवा, पिरापानी, धाैलेटाकुरा, दरबारे, चुरेटाेला लगायत पथ्थरकाेट दरबारे नजिकका सामुदायिक वनमा मंगलबारदेखि भीषण आगलागी भएको हो
यस्तै ठाडाको आगोले दरबारे मन्दिर नजिकै एक घर गोठ जलेर नस्ट भएको छ। आगोलागीबाट करिब १ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान गरेको छ । आगलागी भएको केहि घण्टामा शितगंगाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी, वार्ड अध्यक्ष बाबुराम गैरे कार्यपालिका सदस्य राम बहादुर दर्नालको टिम फिल्डमै पुगेर सान्त्वना दिएका थिए।
आगो फैलिएर गाउँ नजिकै आएपछि स्थानीय, सुरक्षाकर्मी र वनका कर्मचारीको सहायतामा आगोलाई नियन्त्रणमा आएको छ । जंगलमा आगलागीको कारण थाहा हुन सकेको छैन् ।