अर्घाखाँचीमा चेत नारायण आचार्य पक्षको एमालेले खनाल-नेपाल समुहलाई कारबाही गर्ने (विज्ञप्ती सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा एमालेले गुटगत भेला गर्ने खनाल-नेपाल पक्षलाई कारबाही गर्ने चेतावनी दिएको छ । 
जिल्लाभर खनाल-नेपाल पक्षले भेला गर्ने तयारी गरेका बेला जिल्ला कमिटी अध्यक्ष चेत नारायण आचार्यले पार्टीको सदस्य नहरने गरी कारबाही गर्ने चेतावनी दिएका हुन् ।
 
जिल्ला कमिटी अध्यक्ष आचार्यले बिहीवार एक विज्ञप्ती निकाली गुटगत भेलामा नजान र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने उल्लेख गरेका छन् । विज्ञप्तीमा भनिएको छ, “जिल्ला कमिटी सचिव तोज बहादुर रायमाझी (विघान) रहेको, केपी ओली अध्यक्ष रहेको एमाले आधिकारीक रहेको बताईएको छ ।”

यो स्पेस विज्ञापनको लागि खाली छ– 


पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न आचार्यले आफ्ना कार्यकर्तालाई सचेत गराएका छन् । जिल्ला कमिटी सचिव राम बहादुर चौहान नै रहेको खनाल–नेपाल समूहले दावी गरेको बेला आचार्यले पार्टीको सदस्य नहरने गरी कारबाही गर्ने चेतावनी दिएका छन् । साथै  यस अघिका बैठकमा ‘पार्टी निर्णय नमानेमा विधान अनुसार, स्पष्टिकरण र कारबाही प्रक्रिया अगाडि बढाउने छलफल गरिएको थियो ।”
उता अर्घाखाँचीमा खनाल–नेपाल समूह अहिलेसम्म आयोजना गरिएका पार्टी बैठक, जनवर्गीय संगठनका बैठक भेलामा सहभागीता जनाएका छैनन् । गत चैत्र ६ गते शुक्रवार जनवर्गीय संगठनका भेलामा खनाल–नेपाल पक्षलाई हटाई सबै जनवर्गीय संगठनमा आफ्ना पक्षका चयन गरिएको थियो । जसमा अखिल नेपाल महिला संघकाे ईन्चार्जमा विजुला रायमाझी,सहईन्चाजमा प्रमिला क्षेत्रि,विष्णु आर्चाय, अखिल नेपाल किसान महासंघकाे ईन्चार्जमा रामबहादुर रायमाझी,सहईन्चार्जमा ढुन्डिराज ज्ञवाली, युवा संघ नेपालकाे ईन्चार्जमा खुविराम आर्चाय, सह-ईन्चार्जमा झविन सुनाम, अनेरास्ववियुकाे ईन्चार्जमा लिलबहादुर विक, सहईन्चार्जमा भरत न्याैपाने, प्रदिप नेपाली, प्रेस चाैतारी नेपालकाे ईन्चार्जमा हिमबहादुर जिसि, सह-ईन्चार्जमा गणेश खनाल, मुक्ति समाज नेपालकाकाे ईन्चार्जमा लक्ष्मण नेपाली सह-ईन्जार्जमा शिवकला विक रहेका छन् ।
उता जिल्लामा दुमन थापा, रामबहादुर चौहान, प्रेमनारायण गैरे लगायतका खनाल-नेपाल पक्षका नेताहरुले जिल्लाभर निरन्तर आफ्ना कार्यकर्ता बीच आन्तरिक भेला आयोजना गरिरहेका बताइएको छ ।