अनिल नेपाली
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक किशोरले नगरपालिकाले कृषकलाई उत्पादनमा आधारित अनुदान दिने बताउनुभएको छ ।
सन्धिखर्क नगरपालिका आलु तथा तरकारी पकेट सञ्चालन समन्वय समितिद्धारा आज वार्ड नम्बर ८ किमडाँडामा आयोजना गरिएको आलु तथा तरकारी पकेट कार्यक्रमबाट ५० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण कार्यक्रममा मन्तब्य राख्दै उपप्रमुख विकले यस्तो बताउनुभएको हो ।
विकले कार्यक्रममा मन्तब्य राख्दै बास्तविक किसानको पहिचान गरेर नगरपालिकाले कृषकलाई पेन्सनको समेत व्यबस्था गर्न बताउदै कृषकलाई व्यबसायिक रुपमा कृषि पेशा अगाल्नको लागि आग्रह समेत गर्नुभएको थियो ।
एक फरक प्रसगमा कुरा गदै विकले नगरबासीको चाहना अनुसार कृषि पर्यटन पुर्वाधार तर्फ अगाडि बढ्ने बताउनुभएको थियोे । कार्यक्रममा वार्ड न ८ का अध्यक्ष ईश्वरी प्रसाद भुसालले कृषकलाई प्रोत्साहन गर्न सकेमा समृद्धि र विकास हुने बताउदै बास्तविक किसानको पहिचान गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा कृषि शाखा प्रमुख राजेन्द्र भट्टाराई वडा सदस्य नारायण अर्याल कमला सुनार कमल पराजुली लगायतले मन्तब्य राख्नुभएको थियो कार्यक्रम समन्वय समितिका का संयोजिक नेत्र पराजुलीको अध्यक्षता सचिब राम प्रसाद सापकोटाको सञ्चालन वडा सदस्य देबी थापा भुसालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा पत्रकार महासघका सहसचिब अनिल नेपाली कार्यापालिका सदस्य सिर्जना विक महिला शाखा प्रमुख बेलकुमारी परियार लगायतको आतिथ्यता रहेको थियो ।