सन्धिखर्कमा सम्पन्न दोस्रो उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधी वार्ड नं १ लाई, धांधली भएको भन्दै वार्ड नं ८ ले पुरस्कार फिर्ता गर्‍यो (फोटो फिचर)

केशब राज ज्ञवाली 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित टुडिंखेलमा जारी दोस्रो उपमेयर कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। 
प्रतियोगितामा प्रथम उपाधी वार्ड नं एकले  ले प्राप्त गरेको छ । आज भएको फाइनल खेलमा वार्ड  नं आठलाइ  पराजित गर्दै वार्ड बिजयी भएको हो ।
 
टस जितेर बलिङ रोजेको वार्ड नं एकलाइ वार्ड नं आठले १५ ओभरमा १५२ रनको लक्ष्य दिएको थियो । जवाफमा वार्ड नं एकले छ बिकेटको क्षतिमा १४.५ ओभरमा रन प्राप्त गरेको थियो ।खेलमा वार्ड नं एकका खेलाडी  बिक्रम भुसालले अर्धसतक पुर्याउदै उत्कृष्ट पर्दर्शन गरेका थिए ।खेलमा म्यान अफ द म्याच पनि बिक्रम भुसालनै भए ।
कडा प्रतिश्पर्धा बिच भएको यस फाइनल खेलमा पराजय संगै सन्धिखर्क वार्ड नं ८  उप बिजेता बन्न सफल भएको छ ।
 चैत्र १० गते देखि जारी प्रतियोगितामा सन्धिखर्क नगरपालिकाका बाह्र वटै वार्डका समूह हरुको सहभागिता थियो । खेलमा बिजयी वार्ड तथा खेलाडिहरुलाइ आजै एक समारोहका बिच नगद पुरस्कार ,  ट्रफी , मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ । तर अन्तिम अबस्थामा खेलमा धांधली भएको भन्दै उपबिजेता घोषणा भै पुरस्कार ग्रहण गरेको सन्धिखर्क ८ ले पुरस्कार फिर्ता गरेको छ । 
समापन समारोहको प्रमुख अथितिमा उप एयर ठाकुर बि .क . बिशिस्ट अथितिमा मालारानी गाउपालिकाका अध्यक्ष  बाल्कृश्न आचार्य , अथितिमा सन्धिखर्क नगरपालिकाका निमित्त प्रशासकिय प्रमुख  युगलनारायण बस्नेत , सन्धिखर्क नगरपालिकाका १२ वटा  वार्डका वार्ड अध्यक्षहरुको उपस्थिती थियो । कार्यक्रमको सभापतित्व वार्ड न आठका अध्यक्ष  इश्वरि प्रसाद भुसालले गरेका थिए भने संचालन बिनोद गैरेले गरेका थिए ।

अन्य समाचारहरु