सन्धिखर्कको श्री समाजकल्याण आधारभुत विद्यालयमा अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न

नवीन रसाइली 
सन्धिखर्क-, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा रहेको श्री समाजकल्याण आधारभुत विद्यालयमा अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रम जनज्योति माध्यमिक विद्यालय सन्धिखर्क कक्षा १२ बाट अभ्यास शिक्षणमा आउने विद्यार्थीहरुको आयोजनामा भएको हो । 
कार्यक्रम वर्षा बस्नेत को अध्यक्षयतामा सञ्चालन भएको हो । प्रमुख अतिथि समाजकल्याण आ.वि का प्रधानध्यापक श्री कुल प्रसाद मिश्र रहनुभएको हो । अतिथि हरुमा सहि विद्यालयका सम्पूर्ण स्टाप, भगवती मा.वि बाट अभ्यास शिक्षणमा आउनुभएका विद्यार्थी, अर्घाखाँची शिक्षा क्याम्पसका विद्यार्थी रहेका थिए । 
यस्तै विद्यार्थीहरुले निकै नै राम्रो नृत्य  तथा गित प्रस्तुत गरेका हुन । 
कार्यक्रम समारोहमा सम्झना मुखिया बहिनी को नृत्यलाई मन पराएर विद्यालयका प्र. ले बहिनीलाई नगत  रु ५०० प्रदान गर्नुभएको हो ।  साथै प्रथम,  दुतिय, तृतीय र सान्त्वना लाई पुरस्कार वितरण समेत गरिएको छ ।  कार्यक्रम नवीन रसाइली को सञ्चालनमा भएको हो ।

अन्य समाचारहरु