अर्घाखाँचीमा प्रहरीको नागरिक सहायता कक्ष तथा कन्ट्राेल रूम उद्घाटन (फोटो सहित)

हिम लेकाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीकाे परिसरमा नव निर्मित “नागरिक सहायता कक्ष तथा कन्ट्राेल रूम ”  भवनकाे  आज  एक कार्यक्रम बिच उद्घघाटन गरिएकाे छ ।
भवनकाे उद्घघाटन  प्रमुख अतिथि लुम्बिनी  प्रदेश प्रहरी कार्यालय दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुकले गर्नु भएकाे थियाे । उद्घघाटन मन्तब्य राख्दै उहाँले नेपाल प्रहरीकाे दायित्व मुलुकमा शान्ति शुरक्षाकाे सुब्यबस्थापन, आम नागरिककाे जीउ धनको सुरक्षा र स्वतन्त्रताकाे रक्षा गर्ने भएकाे बताउँदै समाजमा हुने अपराध अनुसन्धान तथा नियन्त्रणकाे सन्दर्भमा कानूनद्वारा निर्दशित गरिएका जिम्मेवारीहरू ईमान्दारिता र बफादारिताका साथ पालना गर्दै अगाडि बढ्न प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशित गर्नु भयाे ।
उहाँले चुरे क्षेत्रमा खाेला नालाबाट हुने गरेकाे  दाेहनमा आफूहरू सजग भएकाे बताउँदै, स्थानीय खाेलाहरूमा हुने दाेहन, गैरकानूनी कार्यमा प्रहरीकाे अनैतिक मेलाेमाेताे भएको   पाईएमा संगठनले त्यस्ता ब्यक्तिहरूलाई कडा कारबाही गर्ने बताउनु भयाे ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तह प्रहरी कर्मचारी तथा समाजसेवीहरूकाे सहयाेगमा  भवन निर्माण कार्य सम्पन्न भएकाे हाे  ।
भवन निर्माणमा सन्धिखर्क नगरपालिका,    भूमिकास्थान नगरपालिका , पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका तथा समाजसेवी ब्यक्तित्व कृष्ण प्रसाद श्रेष्ठबाट  आर्थिक तथा भाैतिक सहयाेग   प्रदान  भएकाे  थियाे भने प्रहरी कार्यालयका कर्मचारीहरूकाे  भवन निर्माणमा ठूलाे श्रमदान  प्रदान गर्नु भएकाे थियाे ।
समुदाय प्रहरी साझेदारी जिल्ला समितिका संयाेजक एवं प्रमुख जिल्ला अधिकारी बिष्णु पाैडेलकाे अध्यक्षता सन्चालित कार्यक्रममा मालारानी गाउँपालीकाका अध्यक्ष बाल कृष्ण आचार्य, सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार बिक “किशाेर”, निबर्तमान  उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण  प्रसाद श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।
कार्यक्रममा स्वागत तथा भवन निर्माण सम्बन्धि संक्षिप्त प्रस्तुती प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले गर्नु भएकाे थियाे ।
यसै बिच भवन निर्माणमा सहयाेग पुर्याउनु हुने सबै स्थानीय निकाय  एवं समाजसेवीलाई खादा  सहित कदर पत्र प्रदान गरी सम्मान गरिएकाे थियाे भने निर्माण कार्यमा महत्वपूर्ण याेगदान प्रदान गर्ने प्रहरी जवानहरूलाई नगद पुरस्कार प्रदान गरिएको  थियाे ।
प्रहरी निरीक्षक सुजन शाहकाे सन्चालनमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश  ट्राफिक कार्यालयका प्रमुख एवं जिल्ला स्थित सुरक्षा क्षेत्रका प्रमुखहरूकाे सहभागिता रहेकाे थियाे ।